धेरैजसो महिलाहरुलाई महिनावारी अभिषाप झै बनेको छ। हर्मोनल परिवर्तनका कारण महिनामा ५ दिन महिलाहरुको व्यवहार र शारिरिक गतिविधीमा समेत परिवर्तन आउँछ। केही महिलाहरुलाई महिनावारीको समय सामान्य भएपनि कयौंको लागी भने कष्टकर बन्ने गरेको पाइएको छ। आजपनि महिलाहरु महिनावारीको समयामा आफुमा भएका समस्याका बारेमा खुलेर बोल्न चाहन्नन् त्यसैले पनि महिनावारीसंग सम्बन्धीत केही तथ्य धेरै कम मानिसलाई मात्र ज्ञात छ। जान्नुहोस महिनावारीसंग सम्बन्धीत ५ तथ्य :
१) महिना भरीमा महिनावारीका ती दिनमा महिलाहरुको हर्मोनल परिवर्तन हुने हुँदा उनीहरु एक्साइटेड हुन्छन। त्यसैले यो समया पार्टनरसंग अझ ज्यादा आकर्षित हुन्छन्।
२) धेरैजसो महिलाहरुलाई महिनावारीको समयमा एकदमै धेरै रक्तश्राव भएजस्तो लाग्छ तर बास्तवमा पुरा महिनावारी भरिमा करिब दुई टेबल स्पुन जति मात्र रगत जाने गर्दछ।
३) पहिला पहिला किशोरावस्थामा मात्र महिनावारी सुरु हुने गर्दथ्यो तर हिजोआज १२ बर्ष देखि नै महिनावारी सुरु हुने गरेको पाइन्छ। यो सब खनपान र जिवनशैलीको परिवर्तनको कारणले भएको हो।
४) कही समय अघि गरिएको एक अध्ययन अनुसार महिलाहरुमा महिनावारीको समयमा आवाजमा केही परिवर्तन आउने गरेको पाइएको छ।
५) महिनावारी र गर्भावस्थाका लक्षण प्राय उस्तै उस्तै हुन्छन्। गर्भवती अवस्थामा महिलामा जस्तो हर्मोनले परिवर्तन हुन्छ। त्यस्तै परिवर्तन महिनावारीमा पनि हुन्छ। शीर र शरीर भारी हुनु ,कम्मर दुख्नु, आदी थुप्रै यस्ता समान् लक्षण महिनावारी र गर्भवस्थामा देखिन्छन
Wednesday, 25 May 2016
यि हुन्, धेरैलाई थाँहा नभएका महिनावारीसँग सम्बन्धीत ५ तथ्यहरु
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment