काठमाडौँ, ९ जेठ - अमेरिकाको क्यालियोर्निया इन्स्टिच्युट अफ टेक्नोजोजिको नासा प्रयोगशालामा लमजुङ राइनसका डा सुरेन्द्र अधिकारी संसारभरिबाट पग्लिएको हिउँ कहाँ जान्छ भन्ने प्रश्नको मसिनो उत्तर खोजिरहेका थिए।
अन्टार्कटिका, ग्रिनल्यान्डजस्ता हिउँ थुप्रिने ठाउँको हिउँ विलाएर समुद्रमा कसरी मिसिन्छ भने जान्न उनले हजारौँ अध्ययनअनुसन्धानका निष्कर्ष पढे । हिउँ विज्ञानबारे खोज्दाखोज्दै अधिकारीले विश्वनै चकित बनाउने पृथ्वीको दिशा परिवर्तनबारे नयाँ तथ्य पत्ता लगाए। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ।
उनको अध्ययनले भन्यो पृथ्वीको उत्तरी ध्रुव पूर्वतिर तीब्र गतिमा सरिरहेको छ जुन अस्वाभाविक हो। एक सय १५ वर्षदेखिका उपलब्ध तथ्यांक विश्लेषणा गर्दा निस्किएको निष्कर्षले विश्वको ध्यान तान्यो र नेपाली वैज्ञानिक एकाएक सेलिब्रेटी बने ।
Sunday, 22 May 2016
नासामा विश्वनै चकित बनाउने नेपाली वैज्ञानिकको उपब्धि, पृथ्वी बारे नयाँ तथ्य फेला
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment