जुम्ला–जिल्लाको रारालिही गाविसमा खानेपानीको चरम संकट देखा परेको छ। लामो समयको खडेरीले पानीका मुहान सुक्दै गएपछि रारालिहीका स्थानीयले खानेपानीको अभाव झेलिरहेका हुन्।
सो गाविसका एकदेखि चार वडासम्मका करिव दुई सय भन्दा बढी घरलाई खानेपानी समस्या देखिएको हो। गाउँ भरिमा चारवटा धारा भएपनि पानीको मुहान सुकेर सानो पानी आउन थालेपछि खानेपानीको संकट बढेको रारालिही ३ का मानबहादुर बस्नेतले जानकारी दिए। उनले भने खानेपानीकै लागि एक घण्टा हिड्नु पर्ने अवस्था आइसक्यो ।
गाउँ विकास समिति भरीनै खानेपानीको मुहान नहुँदा समस्या भएको छ। गाउँमा धेरै संघ संस्थाले खानेपानी योजना संचालन गर्न खोजेपनि पानीको मुहान नै नभएपछि हालसम्मपनि खानेपानीको समस्या जिउका तिउ रहेको रारालिही ४ की वेलकोसा रावतले जानकारी दिइन्। उनले भनिन्, ‘पानी भर्नकै लागि पालो पर्खनै एक घण्टा लाग्दै आएको छ।’
उनका अनुसार जिल्ला खानेपानी तथा सव डिभिजन कार्यालय जुम्लाले रारालिहीको छिमेकी गाविस मालिकाठाटाको ढिपु गाउँबाट पानी ल्याउने योजना कनाएको छ। तर अहिलेसम्म काम सुचारु हुन सकेको छैन्। सो गाउँमा एक गाग्री पानी लिनका लागि महिला रातभरी धारामै बस्नुपर्ने बाध्यता छ। खानेपानी नहुँदा गाउँमा मानिसले व्यतिmगत सरसफाइसमेत गर्न सकेका छैनन्। खानेपानीकै लागि दिनरात परिवारको एक सदस्य धारामै लाइन लागेर बस्नुपर्ने बाध्यता रहेको छ। रारालिही गाविसमा ४ वटा धारा छन्।
No comments:
Post a Comment