काठमाडौं– एकताका नेपालजस्तै आर्थिक रुपले विपन्न मुलुक दक्षिण कोरियाले मुलुकमा आर्थिक समृद्धिको अभियान थालेको ४० वर्षमा पूर्वाधारको विकास गरी नेपाली युवालार्इ राेजगारी दिन सक्ने अवश्थामा पुगेकाे नेकपा एमालेका सचिव गाेकर्ण विष्टले बताए।
‘हामी जस्तै गरिब मुलुक काेरिया अहिले आर्थिक समृद्धिको उचाइमा पुगेकाे छ,’ उनले भने, “सम्पूर्ण नेपालीको एकताबद्ध प्रयास तथा कठोर परिश्रम भयाे भने नेपालले पनि आर्थिक समृद्धि हासिल गर्न सक्छ।” नेपाल लोकतान्त्रिक किरात राई सङ्घको दोस्रो राष्ट्रिय अधिवेशनमा नेकपा(एमाले)का सचिव गोकर्ण विष्टले सो धारणा व्यक्त गरे।
उनका अनुसार बाटोघाटो, सडक, पूल तथा ठूल्ठूला भवन एवम् औद्योगिक विकास भए पनि दक्षिण कोरियाका नागरिकमा सन्तुष्टि छैन्, र त्यसकारण त्यहाँको सरकारले जनचाहना खोजी मन्त्रालय स्थापना गरी जनताले के चाहेको छ त्यो खोजी गर्ने कार्यलाई अभियानको रुपमा अगाडि बढाइएको छ। विकास गर्दा जनचाहनालार्इ पनि ध्यान दिनु पर्ने उनले बताए।
चीनमा माओत्से तुङको नेतृत्वमा भएको राजनीतिक परिवर्तनले देशलाई विकास गरेको, सिङ्गापुरले थोरै समयमा नै मुलुकलाई विकसित राष्ट्रको दाँजोमा पुर्याएको उदाहरण प्रस्तुत गर्दै नेपाली युवा अहिले बेलायत, जापान, युरोप तथा अमेरिकातर्फ आकर्षित भएको भन्दै उनले नेपाली जनताले एकताबद्ध भई देशको आर्थिक विकास गरी नेपाललाई पनि ती विदेशी मुलुकका युवाको आकर्षणको केन्द्र बनाउनुपर्नेमा जोड दिए।
‘कुनै जातजाति तथा संस्कृतिलाई थिचोमिचो गरेर होइन सम्मान गर्ने कार्यबाट नै देशलाई एकतामा गोलबन्द गर्ने सक्ने र देशलाई आर्थिकरुपमा परिवर्तन गर्न सकिन्छ। रासस
Saturday, 7 May 2016
युराेप, अमेरिका र जापानका युवालार्इ नेपालमा राेजगारी दिन सकिन्छ
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment