लागूऔषधमा मोस्ट वान्टेड पूर्ण पाख्रिन पक्राउ परेका छन् । एमफेटामाइनका लागि नेपालका प्रमुख कारोवारी पाख्रिन बर्षौदेखि प्रहरीको खोजीको सूचीमा अग्रस्थानमा थिए । मोस्ट वान्टेड सूचीमा रहेका पाख्रिन पक्राउ परेसंगै लागूऔषध कारोवारीहरु त्रसित भएका छन् ।
लागूऔषध नियन्त्रण व्युरो प्रतिवन्धित लागूऔषध एमफेटामाइनको नेपालका मूख्य कारोवारी खोजिरहेको थियो । गत चैत ३० गते ३ सय २ ग्राम एम्फेटामाइनसहित काठमाडौंबाट नेत्र गुरुङ र चित्र तामाङलाई पक्राउ गरेसँगै मूख्य अभियुक्त नेपालमै रहेको खुल्यो ।
प्रहरीले अभियुक्तहरुको मोवाइल कनेक्सनको भेरिफिकेशन गरिरहेको थियो । त्यसैक्रममा, एक जना मोटो रकम लिएर व्युरोको सम्पर्कमा आए । ५० लाख रुपैयाँ । ती दुई जनालाई रिहाइ गर्नु पर्ने उनको माग थियो । व्युरोको लागि दुवै हातमा लड्डु भयो । रकमसहित तिनलाई परिचालन गर्ने मूख्य अभियुक्त पूर्ण पाख्रिनलाई व्युरोले पक्राउ गरी सार्वजनिक ग¥यो ।
त्यसअघि, नियमित सम्पर्कमा रहेका पाख्रिनका सासु र श्रीमतिलाई व्युरोले सोधपुछ गरेको थियो । धादिङ सत्यदेवी गाविस ८ का पूर्ण बहादुर पाख्रिन अन्तराष्ट्रियस्तरमा लागू औषध एम्फेटामाइन तस्करको सक्रिय सदस्य रहेको खुलेको थियो । उनी नेपाललगायत दक्षिण एशियामा यसको कारोवार सम्हालिरहेको प्रहरीको भनाई छ । उनका सहोदर दाजु धर्म पाख्रिन थाइल्याण्डमा रहेर एम्फेटामाइनको कारोवार गरिरहेको बताउदै प्रहरी उनको खोजीमा लागेको बताइएको छ ।
अभियुक्त पाख्रिन पटक पटक थाइल्याण्ड गएको र लागूऔषध कारोवार तथा सेवनको अभियोृगमा प्रहरीको फन्दामा परेको प्रहरीको भनाई छ । उनी नेपालमा बसेर धादिङ, मकवानपुर, बारा जिल्लाहरुमा एमफेटामाइनको कारोवार गर्ने गरेको भन्दै प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेका थिए ।
No comments:
Post a Comment