मेलम्ची, ११ जेठ । भूकम्पबाट सबैभन्दा बढी मानवीय तथा भौतिक क्षति भएको सिन्धुपाल्चोकका भूकम्पपीडित अहिलेसम्म टहरोमा कठिन जीवन बिताउन बाध्य छन् ।
भूकम्प गएको लामो समयसम्म पनि पुनःनिर्माणको काम अगाडि नबढ्दा जिल्लाको हेलम्बु, गुन्सा, गुम्बा, सेलाङलगायतका अति विकट गाउँका भूकम्पपीडितले कष्टकर दैनिकी काट्नु परेको हो ।
हिउँको चिसो, बर्खायाम, पहिरोको समस्या झेल्दै आएको एक वर्ष बितिसक्दा पनि अझै पुनःनिर्माणले गति नलिँदा पीडितले यो बर्खामा पनि टहरामै गुजार्नुपर्ने देखिएको गुन्सा गाविसका स्थानीय काले गोलेले बताउनुभयो ।
वर्षामा यहाँ सवारीसाधन नचल्ने भएकाले स्थायी आवास निर्माणका लागि दिने रकम छिटो वितरण भए पीडितले वर्षाका लागि आवश्यक सामग्री जोहो गर्न पाउने थिए ।
त्यस्तै किउल गाविसको शेर्माथाङमा पनि यस्तै समस्या छ । भूकम्पपछि कष्टकर जीवन गुर्जादै आएका ह्यल्मोवासीको बाहूल्यता रहेको उक्त गाउँका बासिन्दा अहिले पनि पालमै छन् ।
ह्यल्मो समुदायका कर्मतोप्के लामा ह्यल्मो भन्नुहुन्छ– “हाम्रोजस्तो विकट क्षेत्रमा सरकारको नजर कहिले पर्ला । भूकम्पले तहसनहस बनाएको यत्रो समय बितिसक्दा समेत स्थायी आवासको निर्माणको टुङ्गो नलाग्दा निकै समस्या झेल्नुपरेको छ ।”
हेलम्बुका स्थानीय साङ्गे ह्यल्मोे भन्नुहुन्छ– “पुनःनिर्माणको काम जति ढिला भयो त्यति नै भूकम्पपीडितले पाल र जस्ताको एकसरो छानाको भरमा कष्टकर समय बिताउनु पर्छ ।”
लामो समयदेखि सरकारको आशमा बसेका सिन्धुपाल्चोक जिल्लाको भूकम्पपीडितले अहिले सरकारको पुनःनिर्माणको गति अगाडि नबढेकाले भन्दै सरकारले भूकम्पपीडितको वास्तविक समस्या बुझ्न नसकेकोे गुनासो गरेका छन् ।
Tuesday, 24 May 2016
बर्खा लाग्दा समेत पुनःनिर्माणको आशमा दिन काट्दै भूकम्पपीडित
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment