दोलखाको सुन्द्रावती गाविसमा ३९ जना अमेरिकी सेना आउने भएका छन्। अमेरिकी सेनाको लेफ्टिनेन्ट कर्नेलको नेतृत्वमा आउने टोलीले सुन्द्रावतीमा रहेको कालिका उच्चमाविको भूकम्पबाट क्षति पुर्याएको भग्नावशेष हटाई विद्यालय व्यवस्थित बनाउने नेपाली सेनाको रणभीम गण चरिकोटले जनाएको छ।
अमेरिकी सेनालाई नेपाली सेनाको दोलखामा रहेको रणभीम गण चरिकोटले समन्वय गर्नेछ। अमेरिकी सेनाले स्थानीयवासीलाई आफ्नो देशको सांस्कृतिक कार्यक्रम देखाउनेसमेत जनाएको छ ।
सेनाले पटकपटक गरी तीन चरणमा कार्य गर्ने उल्लेख गरेको छ। अमेरिकी सेनाको टोली सोमबार नै सुन्द्रावतीको कालिका उमाविमा बास बस्ने बताइएको छ। सेनाले १७ देखि ३२ गतेसम्म त्यहाँ कार्य गर्ने जनाएको हो। आज १३ जनाको टोली दोलखा आएको छ भने अन्य २६ जना दुईपटक गरेर आउने अमेरिकी सेनाले बताएको छ ।
Monday, 30 May 2016
यस कारण ३९ जना अमेरिकी सेना दोलखा आउँदै
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment