Tuesday, 24 May 2016

प्रियंकाको दुखेसो: अमेरिकीहरु तरकारीको गन्ध आउने भन्दै घर जाउ भन्थे

बलिउड नायिका प्रियंका चोपडाले कुनै समय अमेरिकामा आफुले जातिवादको सामाना गर्नु परेको खुलासा गरेकी छिन्। उनले छालाको रंगको कारण अमेरिका छोड्ने निर्णय गर्नुपरेको एक पत्रिकालाई दिएको अन्तर्वातामा बताएकी हुन ।
सो अन्तर्वार्तामा प्रिंयकाले आफ्ना जीवनका अप्ठ्याराहरु सेयर गरेकी छिन्।प्रियंका जब १२ वर्षकी थिइन तब पढाइको लागि अमेरिका गएकी थिइन। त्यहाँको नश्लभेदी भावनाको कारण उनी भारत फर्केको बताउँछिन्। प्रियंकाको अनुसार उनलाई स्कूलमा ‘ब्राउनी’ भन्दै बोलाइने गर्थ्यो।
प्रियंकाले अमेरिकामा भारतीयलाई अर्कै नजरले हेरिने बताउँदै भनिन, ‘तरकारीको गन्ध आउने भन्दै आफ्नै घर जाउ सम्म भनियो।’अहिले भने प्रियंका हलिउडमा पनि चर्चित नायिका बनेकी छिन्। अघिल्लो वर्षको टिभी सिरिज ‘क्वान्टीको’ले निकै चर्चा बटुलेको थियो। अहिले उनी उनको पहिलो हलिउड फिल्म ‘बेवाच’ मा काम गर्दैछिन्। सो फिल्ममा प्रियंकासंग ड्वेन जोनसन (द रक) र ज्याक एफ्रान जस्ता हलिउड कलाकार प्रमुख भुमिकामा देखिनेछन्। अनलाइन साझा खबरबाट

No comments:

Post a Comment