Sunday, 22 May 2016

यस्तो विचित्र छ मानव उत्पत्तिको इतिहास


यस्तो विचित्र छ मानव उत्पत्तिको इतिहास
काठमाडौं । अफ्रिका , हो एक समय अन्धकारको महादेश भनेर कहिलिएको महादेश । बहुसंख्यक काला जातिहरुको बासस्थान । नदी नाला तथा बिबिध जीवजन्तुहरुकले भरिपूर्ण अपार जङली भूभाग भएको महादेश ।संधै युद्ध र भोकमरीको समाचार बनिरहेको महादेश हो अफ्रिका ।
तर धेरैलाई थाहा नहुन सक्छ र अचम्म लाग्न सक्छ अफ्रिका त सम्पूर्ण मानव जातिको उद्गम थलो हो ।बैज्ञानिकहरुले प्रमाणहरु जुटाई पटक पटक यो कुरालाई पुष्टी गरिसकेको छन् कि अफ्रिका नै मानव जातिको उदग्म थलो हो । सन् १८०९ मा फ्रान्सका जीवशास्त्री जीव वापटिष्ट लेमार्कले पृथ्वीमा भएका जीवहरु बाइबलमा लेखिए जस्तै अपरिवर्तनशील रहेको बताएका छन् ।
उनले जीवहरुद्धारा प्रयोगमा ल्याइने अंग बिकसित तथा बृद्धि हुने तर प्रयोगमा नल्याइने चाहीं कमजोर तथा सानो हुने बताएका छन् । यो गुण पछिल्ला पुस्ताहरुमा बंशाणुगत रुपमै सर्दै जाने बिचार उनको थियो ।लेमार्कको बिचार ईश्वरद्धारा सम्पूर्ण जीवको उत्पत्ति भएको हो भन्ने बाइबलको बिचारमाथि प्रहार थियो । तर बाइबलको बिचारमाथि दोस्रो तथा निर्णायक प्रहार भने अर्का बैज्ञानिक इङल्याण्डका चाल्र्स डार्बिनले दिएका थिए ।उनले सम्पूर्ण जीवहरु नै क्रमिक बिकासको बाटोबाट बिकसित भएको सिद्धान्त नै पेश गरेका थिए ।

No comments:

Post a Comment