अभिनेता शाहरुख खानलाई लण्डनको एयरपोर्टमा कसैले पनि चिन्न सकेनन् । चारिंग क्रश स्टेशनमा शाहरुखले आफ्नो लगेज आफै घिस्य्राउँदै गरेका अवस्थामा देखिए । किङ खानको उक्त तस्विरलाई आफ्नै एक फ्यानले खिचेर सामाजीक सञ्जालमा पोष्ट गरेका हुन् । उनले पोष्ट गरेकबा उक्त तस्विर अहिले सोसल मिडियाहरुमा भाईरल बनिरहेको छ ।
सुपरस्टार खानलाई कुनै माक्स या एक्ट्रा मेकअफ बिना उनको असली चेहेरा आखिर किन मान्छेले चिनेनन् भन्ने चाँही अहिले सबैको कौतुहलता बनेको छ । शाहरुखलाई संसारको जुनसुकै एयरपोर्टमा पनि फ्यानहरुले घेर्ने गर्छन् । तर लण्डनमा भने शाहरुखलाई मान्छेले किन चिनेनन् ? अथवा चिनेर पनि कसैले मतलब नै नगरेका हुन् त्यो चाँही खासमा चर्चाको बिषय बनेको छ ।
उनि आफ्ना छोरा आर्यन खानको ग्रयाजुएशन सेरेमोनीका लागि लण्डनमा गएका थिए । उनको साथमा उनकी पत्नी गौरी खान पनि देखिएकी छिन् । उक्त भाईरल बनेको तस्वीरहरुमा आफैले लगेज घिस्य्राउँदै गरेको र स्मोकिङ गर्दै गरेको तस्वीरहरु पनि देखिएको छ ।
Tuesday, 24 May 2016
शाहरुखलाई लण्डनमा चिनेनन् फ्यानले,लगेज घिस्य्राउँदै गरेको तस्वीर भयो भाईरल
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment