काठमाडौं- 'म विवाह गर्दैछु' भनेर सामाजिक सञ्जालमा एक्कासी कसैले स्ट्याटस लेख्यो भने सबैजना आश्चर्यमा पर्छन्। अझ कुनै सेलिब्रेटीले सामाजिक सञ्जालमार्फत् विवाहको जानकारी गराए भने उनका शुभचिन्तकदेखि निकट सबैजना आश्चर्य मानिहाल्छन्। हालः अमेरिकामा रहेका अभिनेता राजबल्लभ कोइरालाले फेसबुकमार्फत सबैलाई आश्चर्यमा पारेका छन्।
उनले आगामी असार १ मा विवाह बन्धनमा बाँधिन लागेको जानकारी फेसबुकमार्फत गराएका छन्। उनले लेखेका छन्। 'अन्ततः आगामी असार १ मा विवाह गर्दैछु। मलाई थाहा छ, यो एकदम चाँडो भयो। अबको केही सातामा अकस्मात विवाह गर्न कुनै तयारी गर्न भ्याएको छैन्। यो मेरो जीवनको महत्वपूर्ण समय हो,' पारिवारिक सदस्यबाहेक निकट केही व्यक्तिलाई विवाहमा सहभागी हुन चाँडै मेलमार्फत निमन्त्रणा पठाउनेछु। आशा गर्छु तपाईँहरु सहभागी भइदिनु हुनेछ। कृपया उपहारको कस्ट नगरिदिनुहोला। हेरौं यो स्ट्याटस कस्ले पढ्छ। यो स्ट्याटस कपी र पेस्ट गर्नुस् र हेर्नुस् कस्तो प्रतिक्रिया आउँछ।'
गत साता गिरान्चौर एकीकृत बस्ती निर्माणका लागि धुर्मुस सुन्तली फाउन्डेसनलाई एक लाख एक हजार सहयोग प्रदान गरेका उनको यो रमाइलो स्ट्याटसमा बैंकर रेविना देशराज श्रेष्ठले प्रतिक्रिया दिएकी छिन्। 'तयारी हो कि घोषणाको लागि हो यो। ट्रेजरमात्र हो यो सबैलाई तयारी गर्न,'उनले प्रतिक्रिया दिएकी छन्।Nagriknews
Monday, 30 May 2016
राजबल्लभको 'विवाह स्टाटस'मा बैंकर रविनाको प्रतिक्रिया
Labels:
Entertainment
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment