Thursday, 26 May 2016

पानी जहाजमा दुर्घटना सातको मृत्यु, पाँच सयको उद्धार

रोम, जेठ । इटालीयन नौ सेनाले बुधबार करिब पाँच सय आप्रवासीको उद्धार गरेको छ ।
लिबियाको तटीय क्षेत्रमा आप्रवासीहरू सवार रहेका एक पानी जहाज दुर्घटनामा सात व्यक्तिको मृत्यु हुनुको साथै अन्य पाँच सयलाई भने उद्धार गरिएको प्राप्त समाचारमा जनाइएको छ ।
सो पानी जहाजले आफ्नो यात्रा सुरु गरेको केही समयपछाडि नै दुर्घटनाग्रस्त भएको बताइएको छ ।
जहाजमा क्षमताभन्दा बढी व्यक्ति सवार हुनु नै दुर्घटनाको कारण भएको नौ सेनाद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।
उक्त पानी जहाजमा सवार रहेका आप्रवासीहरूमा प्रायः महिला र बालबालिका रहेका हुनाले पौडी खेलेर आफ्नो ज्यान बचाउन पनि नसकेका र उद्धारकर्ताद्वारा उद्धार भएको बताइएको छ ।
गएको ४८ घण्टाभित्रमा तीन हजारभन्दा बढी आप्रवासीहरू दक्षिण इटाली भित्रिएका समाचारमा उल्लेख छ ।

No comments:

Post a Comment