दुईभन्दा बढि चिज एक साथ मिसाएर सेवन गर्दा सावधानी अपनाउनु पर्दछ । फरक गुण, कर्म, रस, मात्रा आदि भएका खाद्यान्नको एकसाथ प्रयोग गर्दा यसको गुणमा ह्रास हुन सक्दछ । आयुर्वेदिय ग्रन्थ अष्टाङ्ग संग्रहको विरुदान्न अध्यायमा यस्ता मिसाउन नमिल्ने खालका खाद्यान्नको विस्तृत वर्णन छ । उदाहरकणको लागि दुधलाई आयुर्वेदमा अमृत समान मानिएको छ । तर गलत मिश्रणले दूध विषालु पनि हुन सक्दछ । हालका दिनहरुमा दूधसँग सम्बन्धित अनेकौं समस्या एलर्जी, मिल्क इन्टोलरेन्स आदि सामान्य भइसकेका छन् र कैयौं व्यक्ति दूध सेवन गर्दैनन् । दूध सेवनले समस्या उत्पन्न गर्नुको कारण दूध सेवन गर्ने तरिका र मिश्रण पनि हुनसक्दछ । दूध आफैँमा समस्या होइन तर प्रयोग तरिका नमिल्दा दूधबाट रोगहरु उत्पन्न गराउँछ । जानी राखौं दूधसँग कुन कुन चिज मिसाउनु हुदैंन ।
१) दूधलाई सदैव तताएर मात्र सेवन गर्नुपर्दछ । चिसो दूध सेवन गर्दा पाचन प्रणाली लगायत अनेकौं समस्या गराउँछ ।
२) दूध एवं दूग्ध उत्पादनलाई नुनसँग मिसाएर सेवन गर्नु हुँदैन । नुन मिसाइएका नौनी, घ्यू, चिजहरु हानीकारक हुन्छन् ।
३) दूध एवं दूग्ध पदार्थलाई फलफूल एवं गेडागुडी सँग मिसाएर सेवन गर्नु हुदैंन । जस्तै दूध + केरा
४) दूध एवं दूग्ध पदार्थलाई माछा, मासु, अण्डा एकसाथ सेवन गर्नुहुदैँन ।
५) दूधलाई अमिलो, नुनिलो, पिरो, टर्रो आदि स्वादयुक्त खानासँग कदापि मिसाउनु हुदैँन । गुलियो चिजसँग भने लाभकारी मानिन्छ ।
६) दूध र मह दुबै अमृत समान महत्वपूर्ण छन् तर मिसाउँदा ध्यान दिनुपर्दछ । घ्यू र महलाई समान मात्रामा मिसाइएमा विष समान बन्ने र व्यक्तिको तत्काल मृत्यु समेत गराउन सक्छ भन्ने कथन छ । त्यसैले घ्यू र महलाई मिसाउँदा विशेष ध्यानमा राख्ने । कदापि बराबर मिसाउनु हुँदैन ।
७) दूग्ध पदार्थ र मदिरा÷रक्सि लाई कदापि मिसाउनु हुदैंन ।
८) दूग्ध पदार्थलाई अमिलो खाद्य पदार्थसँग मिसाएर सेवन गर्नुहुदैँन । जस्तै अमिलो लस्सी ।
९) दूधलाई कैफिनयुक्त पदार्थसँग मिसाउनु हुदैँन । दूध कफि राम्रो मिश्रण होइन ।
१०) आमाको दूध र गाईको दूधलाई पनि एक मिसाउनु हुदैन । यिनीहरु छुट्टै प्रयोग गर्दा लाभकारी हुन्छन ।
दूधसँग यस्ता चिजहरु मिसाइएमा सर्वप्रथम पाचन शक्तिमा हानी पुरयाउँछ र क्रमशः श्रोतावरोध गराई अन्य जीर्ण रोगहरु गराउँछ । आयुर्वेद अनुसार सम्पूर्ण दीर्घरोगहरुको कारण अपच हो र त्यसका कारण विजातीय पदार्थ (Toxins) उत्पन्न हुन्छन् । एकल दूधलाई दैनिक सेवन गर्दा बल, वीर्य, उर्जा, आयु आदिको बृद्धि हुन्छ र शारीरिक एवं मानसिक रोगबाट बच्न सकिन्छ । दूधको सहि सेवन गरौं र निरोगी होऔं ।
लेखक डा. राममणि भण्डारी, आयुर्वेद चिकित्सक डाक्टर हुनुहुन्छ
Saturday, 21 May 2016
साबधानः दूध विषालु बन्न सक्छ, कसरि प्रयोग गर्ने “जानी राखौ”
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment