भौगोलिक हिसावले निकै जटिल भएपनि प्राकृतिक दृष्टिकोणले मनाङ निकै मनमोहक छ । हिमालपारीको जिल्ला मनाङको यही मनोरमतालाई हेर्नको लागि यतिखेर मनाङमा आन्तरिक तथा बाह्य पर्यटकहरुको ओइरो लाग्न थालेको छ । जसका कारण अन्नपुर्ण पदमार्गमा पर्ने मनाङका होटलहरु अफसिजन भएपनि भरिभराउ बनेका छन् ।
मुलुकमा गएको विनाशकारी भुकम्प र नाकाबन्दीले पनि खासै असर नगरेको मनाङको पर्यटन अफसिजन लाग्दा पनि मनाङ घुम्ने पर्यटकहरुको संख्यामा भने गिरावट आएको छैन् । अन्नपूर्ण पदमार्गमा बिशेषगरी अगष्ट, सेप्टेम्बर र नोभेम्बर महिनामा अत्याधिक पर्यटकहरु आउने सिजन भएपनि यसबर्ष भने अन्य महिनाहरुमा पनि पर्यटकहरुको आगमन भइरहेको छ ।
अहिले दैनिक एक सयको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटकहरु मनाङ पुग्ने गरेका छन् । त्यस्तै आगामी मौसमका लागि अग्रीम बुकिङसमेत सकारात्मक भएको बताइएको छ । यसैबीच अमेरिका, बेलायत तथा युरोपेली युनियनबाट नेपालको पर्यटनका बारेमा फैलिएको नकारात्मक सन्देश कम हुनु र नेपालमा आन्दोलका गतिविधि रोकिनुले पनि अग्रिम बुकिङमा सकारात्मक भुमिका निर्वाह गरेको हुन सक्ने तिलिचो बेशक्याम्पका होटल ब्यवसायी भुजुङ गुरुङको भनाई छ ।
अन्नपुर्ण पदमार्गसँगै मनाडको आन्तरिक पर्यटन प्रवद्र्धनले यहाँका युवाहरुलाई पर्यटन ब्यबसायमा आकर्षित गर्नुका साथै रोजगारी पनि दिलाएको छ । बिश्वविख्यात थोराङपासको लागि जाने पर्यटकहरु हिमाली जिल्ला मनाडमा कम्तिमा दुईदेखि तीन दिनसम्म बस्ने गरेको मनाङका होटल ब्यवसायी कर्म गुरुङ बताउनुहुन्छ ।
नेपाल भ्रमणमा आउने मध्ये ३० प्रतिशत पर्यटक अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमणमा जाने गर्छन् । एक्यापका अनुसार अन्नपूर्ण पदमार्गमा सबैभन्दा धेरै बेलायत, इजरायल, कोरिया, चीन, जर्मनी, अमेरिका, फ्र्रान्स, जापान, अस्ट्रेलिया लगायतका देशका नागरिक आउने गर्छन् ।न्युज २४ बाट
Saturday, 7 May 2016
गत बर्ष गएको भूकम्पले केहि प्रभाब परेन नेपाल घुम्न आउने पर्यटकलाई मनाङको होटेलहरु भरिभराउ
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment