Thursday, 5 May 2016

युवतीहरु यस्ता युवकहरुप्रति भुतुकै हुन्छन् |

आखिर कस्ता युवकहरु रचाउँछन् त युवतीहरु । यो जो काेहीले जान्न खोज्ने विषय हो । हरेक युवती चाहन्छिन् मेरो बोइफ्रेण्ड वा पति यस्तो होस भनेर ।हामीले समाजमा देखेकै छौ कुनै युवतीले सोच्दै नसोचेको केटा मनपराइदिन्छन् । केटाहरुमा हुने गुणका कारण पनि युवतीहरुमा त्यस्तो प्रभाव पर्ने विज्ञहरु बताउँछन् ।केटाहरुमा हुनुपर्ने ती विशेष गुणहरु के के हुन् त जसलाई युवतीहरुले मन पराउँछन् । यी हुन् यस्ता युवकहरु जसप्रति युवतीहरु मरिहत्ते गर्छन् ।
स्वतन्त्रताप्रेमी ससाना कुरामा मतलब नगर्ने, मुडी टाइपको तथा स्वतन्त्र हिसाबले अघि बढ्ने र साहसिक काममा हात हाल्ने युवकहरुले युवतीहरुको मन जित्न सक्छन् । डरपोक, परम्परावादी तथा कञ्जुस युवकहरुले युवतीहरुको मन जित्न सक्दैनन् ।सेन्स अफ ह्युमर होस् र बेलाबेलामा हँसाउन सकोस् । दिक्क लाग्ने राजनीतिलाई पनि कमेडीको पारामा प्रस्तुत गर्न सकोस् ।
सार्वजनिक रुपमा सकारात्मक हुने र शक्ति तथा नियन्त्रणको क्षमता प्रदर्शन गर्न सक्ने युवकप्रति युवतीहरु विशेष रुपमा लालायित हुन्छन् । अरु पुरुषको सफलता र सौन्दर्यप्रति डाहा नगर्ने तथा गर्लप्रmण्डको अन्य पुरुष साथी तथा सहकर्मीप्रति शंकाको दृष्टिले नहेर्ने युवकहरु विशेष प्राथमिकतामा पर्दछन् । आत्मविश्वासी आफुप्रति पूर्णरुपमा विश्वासी रहेको युवकले युवतीहरुको ध्यान खिच्न सफल हुन्छ ।
आफ्नो सिर्जनशीलताले अरुलाई मख्ख पार्नसक्ने, जस्तै आफुले लेखेका कविता, बनाएका चित्र, कथेका चुट्किला, लेखेका गजल आदि सुनाएर केटीसाथीलाई खुसी पार्न सक्ने युवकहरुलाई प्रेमिकाको खडेरी पर्दैन ।कलात्मके यसको अर्थ युवतीले मन पराउनका लागि युवक कुनै कलाकारै हुनुपर्छ भन्ने छैन । तर चञ्चल स्वभावको तथा हरेक कुरालाई सहज लिएर हँसीमजाकमा क्षण कटाउने युवकलाई युवतीहरुले मन पराउँछन् ।
सहयोगी तथा संवेदनायुक्त स् अर्काको भावनाको कदर गर्ने, कामलाई सानो नभन्ने, हरेक कुरामा सहयोग गर्ने युवकले युवतीको मन जित्न सक्छ । आफ्ना हरेक समस्या तथा विषयहरुमा कसैले ध्यान दिओस् र सहयोग गरोस् भन्ने चाहना आम युवतीहरुको हुन्छ र सोही आवश्यकतालाई सम्बोधन गर्नसक्ने पुरुषहरु भाग्यमानी बन्दछन् ।

No comments:

Post a Comment