जेठ ६
यदि बच्चाले होमवर्क राम्रोसँग गर्दैन र कुनै पनि कुराप्रति रुची राख्दैन भने चासो देखाउनै पर्छ । केही बालबालिकामा सिक्ने क्षमता विकास सुस्त हुनु सामान्य देखिए पनि प्राय सबै विषयमा ढिलाई गर्छ भने सोच्नैपर्ने हुन्छ ।
सिक्न असक्षम वा लर्निङ डिसेबिलिटी यस्तो अवस्था हो जहाँ प्रभावित बालबालिकाले सामान्य तरिकाले सूचना प्राप्त गर्न सक्दैन । उसको दिमागले नयाँ कुरा जान्न उत्प्रेरित नगर्ने भएकाले सिकाइ ढिलो हुन सक्छ ।
वंशानुगत, जन्मदाखेरी हुने समस्या (कम्पलिकेटेड डेलिभरी, उमेर नपुगी जन्मनु, मदिरा र गर्भअवस्थामा औषधी खाँदा सन्तानको सिक्ने क्षमतामा समस्या आउँछ ।
सिक्ने क्षमता विभिन्न प्रकारका हुन्छन् जसले बालबालिकाको सिक्ने क्षमतामा असर गर्छ । जस्तै केही बालबालिकाले अल्फाबेट सिक्न निकै गाह्रो हुन्छ भने अरुलाई सामान्य कुरा पनि बुझ्न सक्दैनन् ।
सिक्ने क्षमता नभएका बालबालिकामा एंग्जाईटि, कम्जोर आत्म विश्वास, बढी रिसाउने जस्ता मानसिक कमजोरी हुन्छन् । जसका कारण उनीहरुले सामान्य रुपमा सिक्न सक्दैनन् । सिक्ने क्षमता कमजोर भएका बच्चाका लक्षणः
यदि बच्चाले बोल्न गाह्रो मान्छ वा निश्चित उमेर पुगेपछि पनि थोरै शब्द बोल्छ भने उसमा सिकाई क्षमता कमजोर छ ।
आफ्नो उमेरका बालबालिकाको तुलनामा तपाईका साना नानी बाबुले पढ्न गाह्रो मान्छन् भने उसको सिकाई क्षमता कमजोर छ ।
यदि बच्चाले पाँच मिनेट भन्दा बढी कुनै एउटै कुरामा ध्यान दिँदैन भने ऊ औसत बालबालिका भन्दा कमजोर छ ।
सयहोग वा मिहिनेतका बाबजुद पनि बालबालिकालाई नयाँ शव्द वा वाक्यांश सिक्न गाह्रो छ भने उसलाई सिकाई क्षमताबारे तालिम जरुरी छ
बच्चाले पेन्सिल समाउन वा कुनै वाक्यांश वा शब्द लेख्न सक्दैन भने निश्चय नै ऊ मानिसक रुपमा कमजोर छ ।
विद्यालयमा दिएको होमर्वक गर्न गाह्रो मान्छ वा अभिभावकको कुनै पनि निर्देशन मान्दैन भने उसमा सिकाई असक्षमताको अर्को लक्षण हो ।
निश्चित उमेरमा पुग्दा पनि उ केही नबोल्नु वा जबाफ नफर्काउनु सिकाई असक्षमताको अर्को लक्षण हो ।
बेलैमा यी समस्याबारे जानकारी भए चिकित्सकको उचित परामर्शमा बच्चाको दिमाग तेज बनाउन सकिन्छ । सिक्ने उमेरमा नै वास्ता गरिएन भने पछि गएर यो बानीका रुपमा विकास हुन्छ र जीवनभर नै कमजोर दिमागको रहन्छ । -स्वास्थ्य खबरपत्रिका
Wednesday, 18 May 2016
बेलैमा जानौं, बच्चाको दिमाग कमजोर त छैन ?
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment