Thursday, 12 May 2016

नेपालीहरुलाई खुसीको खबर, मलेसियाका यी चार क्षेत्र खुला

बिहीबार, ३० वैशाख
काठमाडौं । नेपालीहरुको वैदेशिक रोजगारीका जाने प्रमुख गन्तव्य मुलुकमध्ये मलेसियाले फेरि विदेशी कामदारहरुका लागि खुल्ला गरेको छ ।
मलेसियाले चार वटा क्षेत्रमा विदेशी कामदारहरुका लागि खुल्ला गरेको हो । यसबाट नेपाली कामदार समेत प्रत्यक्ष लाभान्वित हुने भएका छन् ।
कामदार अभावका कारण उद्योग संचालनमा समस्या भएपछि मलेसियाले उत्पादन, निर्माण, बृक्षारोपण र फर्निचर क्षेत्रमा कामदार ल्याउने निर्णय गरेको हो ।
यसअघि केही महिनाअघि मलेसियाले अवैध रुपमा बस्ने विदेशी कामदारहरुलाई फिर्ता पठाउने अभियानसँगै विदेशी कामदार ल्याउन समेत रोक लगाएको थियो । मलेसियाले सजिलो, पारदर्शी र जवाफदेही प्रणालीको विकास गरेर अन्य क्षेत्रमा पनि कामदार खुल्ला गर्ने जनाएको छ ।
मलेसियामा अझै पनि लाखौ अवैध विदेशी कामदार रहेका छन् । ति मध्ये ५५ हजारलाई पुनः वैधानिकता दिइएको थियो ।
मलेसियाको एक पत्रिकाले त्यहाँका अधिकांश कम्पनीहरुले कामदार अभावले मागको आधा समेत उत्पादन गर्न नसकिरहेको जनाएका छन् ।
nepalsandesh

No comments:

Post a Comment