भक्तपुर । आज बिहान ३ बजे भक्तपुरको सूर्यविनायकमा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक नुवाकोट जिल्ला चोर्थे–९ का २८ वर्षीय युवराज श्रेष्ठ रहेका छन् । महानगरीय प्रहरी परिसर भक्तपुर कन्ट्रोलका अनुसार तीनजना सवार बा२४प ४९९४ नंको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब चार मिटर तल नालीमा खसेर दुर्घटना भएको थियो ।
मृतकको टाउकोमा गम्भीर चोट लागेकाले भक्तपुर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार २० वर्षीय अनिल राई र २१ वर्षीय विराज गुरुङको भने भक्तपुर अस्पतालमा उपचार भइरहेको छ ।news24nepal
Saturday, 7 May 2016
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment