काठमाडौं, ३० वैशाख । रिपोर्टर्स क्लब नेपालका अध्यक्ष एवं पत्रकार ऋषि धमला डिस्चार्ज भएका छन् ।
छातिमा अप्ठ्यारो महसुस भएपछि स्वास्थ्य परिक्षणको लागि बुधवार साँझ राजधानीको नर्भिक ईन्टरनेशनल हस्पिटल पुगेका धमला चिकित्सकहरुको सल्लाहमा स्वास्थ्य परिक्षणको लागि अस्पतालकै सीसीयूको बेडमा भर्ना भएका थिए ।
चिकित्सकहरु यादव भट्ट, शिवजी विक्रम सिलवाल र जेपी जैसवालको टोलीले उनको स्वास्थ्य परिक्षण र उपचार गरेको थियो । बुधवारै एस टीभीमा एसटीभी टक सोमा अन्र्तवार्ता लिने क्रममा छाति केही भारी भएजस्तो भएपछि धमला कार्यक्रम सकेर आफै अस्पताल पुगेका थिए ।
उनलाई स्वास्थ्य परिक्षण र सामान्य उपचारपछि विहीबार डिस्चार्ज गरिएका रिपोर्टर्स क्लबका महासचिव शशी कोइरालाले जानकारी दिए । धेरै धपेडीको कारण त्यस्तो अवस्था आएकोले केही दिन आराम गर्ने सुझावसहित अध्यक्ष धमलालाई चिकित्सकहरुले डिस्चार्ज गरेका हुन् ।
धमलाको स्वास्थ्य परिक्षणमा संलग्न चिकित्सकहरु र अस्पताललाई क्लबले धन्यवाद दिएको छ ।
Thursday, 12 May 2016
ऋषि धमला नर्भिक अस्पतालबाट डिस्चार्ज, डाक्टरले के भने ?
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment