Tuesday, 3 May 2016

८ वर्षीया नेपाली चेली प्रिशाले अमेरिका हल्लाइन, अंग्रेजी गीत गाएर !

वाशिंगटन डिसी । अमेरिकामा जन्मेकी दोस्रो पुस्ताकी ८ आठ बर्षिय नेपाली चेली प्रिशा श्रेष्ठले युटुबमार्फत अंग्रेजी भाषामा टर्न अप बोलको गीत गाएकी छन् ।

आगामी जुलाईमा ८ बर्ष पुरा पुग्ने प्रिशाको जन्म जुलाई २०, २००८ मा भएको थियो । आमा सृजना उप्रेती तथा वुवा विजय श्रेष्ठको दोस्रो सन्तानको रूपमा अमेरिकाको मेरीभिलमा जन्मिएकी प्रीशा हाल एउटा सांगीतिक एल्वम बनाउने तयारीमा छिन् । अमेरिकाको भर्जिनियामा बस्दै आएकी प्रीशा श्रेष्ठको गीतको भाव बाल मनोरञ्जन सँग सम्बन्धित छ ।

गीतमा सधै हासिरहने, रमाइलो गरिरहने जीवन नै सार्थक जीवन हो भन्न खोजिएको छ । संभवत यो जम्मा ८ वर्षकी गायिकाले गाएको पहिलो बिद्युतीय संगीत प्रयोग भएको गीत हो । जसमा इनिमिनीको शब्द तथा ज्योती श्रेष्ठको संगीत रहेको छ । क्लास एक्स प्रस्तुतिमा रेकर्डिङ भएको सो गीतको सम्पूर्ण व्यवस्थापनको कार्य के टिएम सौल्जहले गरेका छन् ।

यसको संगीत भिडियो निर्देशन ज्योतिले नै गरेका छन् । यो भन्दा अगाडि प्रिशाले गीतकार प्रकाश सुवेदीको शव्दमा र संगीतकार वसन्त सापकोटाको संगीतमा ‘जति माया लाग्छ मामुको’ बोलको बाल मनोवैज्ञानिक गीत र ‘टुक्रिएको देश हैन’ बोलको राष्ट्रिय गीत गाइसकेकी छन् ।osnepal

No comments:

Post a Comment