Sunday, 8 May 2016

गुल्मीमा एमालेको अगुवाईमा अग्नी पीडितका ३२ अस्थायी टहरा निर्माण

गुल्मी, २६ वैशाख । गत शनिवार गुल्मीको वडागाउँमा गाउँ नै ध्वस्त हुने गरि लागेको आगोलागीबाट खुल्ला आकाशमा रहेका अग्नि पिडितलाई गुल्मीका बिभिन्न युवा तथा राजनीतिक दलका भातृ संगठनहरुले अस्थायी टहरा निर्माण गरिदिएका छन् ।
अग्नि प्रभावित क्षेत्र वडागाउँको दजाकोट र माझगाउँमा नेकपा (एमाले), अनेरास्ववियु गुल्मी र युवा संघ नेपाल गुल्मीले ३२ वटा अस्थायी टहरा निर्माण गरेका छन् । “हामी सुखमा मात्र होइन दुःखमा पनि साथमा छौ” भन्ने अभियानका साथ संगठनका नेकपा एमाले वडागाउँको अगुवाईमा नेकपा एमालेका कार्यकर्ता, युवा, बिद्यार्थहरुले ३२ वटा एक वर्ष सम्म वस्न मिल्ने खालका अस्थायी टहरा निर्माण गरिदिएको अनेरास्वबियुका केन्द्रिय निर्वाचन आयोगका सदस्य काशीराम पाण्डेले जानकारी दिनुभयो ।
केहि दिनअघि अग्नि प्रभावित क्षेत्रमा पुगी एमाले केन्द्रिय सचिव गोकर्ण बिष्टले आफनो पार्टीको तर्फबाट निर्माण कार्यलाई छिटो भन्दा छिटो पुरा हुने गरि आबश्यक स्वयसेवक परिचालन गरि अस्थायी टहरा निर्माण गर्न सहयोग गर्न निर्देशन दिनुभएको थियो ।
एमाले कार्यकताबाट अस्थायी टहरा निर्माण अभियानमा नेकपा एमाले गुल्मीका सचिव सोमनाथ सापकोटा,सचिवालय सदस्य कृष्ण घिमिरे, बिद्यार्थी इन्चार्ज हिरा एसी, प्रचार बिभाग प्रमुख गणेश श्रीपाली, युवासंघ गुल्मीका अध्यक्ष कृष्ण बिश्वकर्मा, उपाध्यक्ष मोहन पाण्डे, अनेरास्वबियु केन्द्रिय निर्वाचन आयोगका सदस्य काशीराम पाण्डेय,अनेरास्वबियु गुल्मीका अध्यक्ष राजेन्द्र बिक्रम कुँवर,लगायत पार्टीका जिल्ला स्तरिय नेता तथा कार्यकर्ता बिद्यार्थीहरु पनि सहभागी भएका थिए ।
नेकपा एमालेले भातृ संगठन सगै वडागाउँ, हस्तिचौर, वामी, कुर्घा, मुसिकोट गाउँकमिटीबाट कार्यकर्ताहरु खटिएका थिए । प्रभावित क्षेत्रमा पार्टीका भातृ संगठनले निर्माण अभियानलाई तिब्र पारे पछी अग्नि पिडितहरुमा केहि हौसला वढ्दै गएको आयोगका सदस्य पाण्डेले जानकारी दिनुभयो । कार्यकर्ताहरुले आफ्नै खर्चमा सामुहिक खाना खाने गरेर आफ्नै निर्माणका सामाग्रीहरु प्रयोग गरेर निर्माण अभियानलाई सघाएका थिए । उनिहरुले पुरै अग्नि प्रभावित क्षेत्रका अस्थायी टहरा निर्माणको काम सकिएपछि निर्माणका कामबाट फर्किएका हुन । वडागाउँको दजाकोट र माझगाउँमा स्थानिय सामुदायिक वनबाट फैलिएको आगो वस्तीमा पुग्दा ७१ भन्दा वढी घर गोठ जलेर नष्ट भएका थिए भने एक जना आगोलागीमा परि मृत्यु भएको थियो ।
आगोलागी प्रभावित क्षेत्रमा मरेका पशुचैपायाहरुबाट दुर्गन्ध फैलनबाट जोगाउँन गाड्ने र सफाई गर्ने काम सम्पन्न भएका छन् । प्रभावित क्षेत्रमा स्वस्थ्य सहितको टोली अनुगमन गरिरहेको र घाइते पशु चौपायहरुलाई उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले जानकारी दिनुभयो ।
प्रभावित क्षेत्रमा जिल्लाका बिभिन्न स्थानका समाजसेवी, क्लव, समुह, व्यवसायीहरुले पनि पुननिर्माण राहतका कामहरु गरिरहेका छन् । बिभिन्न संस्थाहरुले प्रभावित क्षेत्रमा सामुहिक खाना खाने व्यवस्था मिलाएका छन् । अग्नि पीडितहरुलाई अस्थायी टहरा निर्माण गर्न जिल्लास्थित नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना तथा बिभिन्न राजनीतिक दलका भातृ संगठनहरुले टहरा निर्माणका कामलाई सम्पन्न गरेका हुन ।दैनिक नेपाल मा खबर छ

No comments:

Post a Comment