इलाम– नेकपा एमालेका नेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले इलामको पश्चिमी क्षेत्रको विकासका लागि आफूले सक्दो प्रयास गर्ने बताएका छन् ।
इलामको एकतप्पास्थित जनकल्याण माविमा विद्यार्थी सहयोग अक्षयकोषद्वारा मङ्गलबार आयोजित पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा नेता नेम्वाङले २ नम्बर क्षेत्र विकासको दृष्टिकोणले पछि परेकाले स्थानीयतहदेखि केन्द्रतहसम्म प्रयास गर्ने बताए ।
“जिल्लाको पश्चिमी क्षेत्र विकासको दृष्टिले पछि परेको छ, यस क्षेत्रको विकासका लागि प्रयास गरिरहेको छु”, उनले भने । संविधान निर्माणपछि मुलुक आर्थिक क्रान्तितर्फ अघि बढेको जनाउँदै उनले आर्थिक विकासतर्फ लाग्न आग्रह गरे ।
नेम्वाङले संविधान निर्माणमा देशले करिब ७० वर्षको समय खर्चेको हुँदा अबको समय अर्थतन्त्रका लागि ऊर्जाशील समय रहेको बताउँदै उनले संविधानमा देखिएको २७ बुँदामाथिको विवाद शान्तिपूर्ण ढङ्गले समाधान भएको र अब पनि नमिलेका कुरालाई शान्तिपूर्ण ढङ्गले नै लिएर जान सबै दललाई आग्रह गरे।
नेम्वाङले खेल मैदानका लागि बजेट विनियोजन गर्ने आश्वासन दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पञ्चबहादुर लिम्बूको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वविद्यार्थी, शिक्षक तथा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।
Tuesday, 17 May 2016
इलामको पश्चिमी क्षेत्रको विकासका लागि प्रयास गर्छु : पूर्वसभामुख
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment