Saturday, 14 May 2016

साउदीमा नेपालीको मोबाइलमा कुरा गर्दागर्दै मृत्यु

काठमाडौं, १ जेठ । साउदी अरबमा एक नेपालीको मोबाइलमा कुरा गर्दागर्दै मृत्यु भएको छ ।
ओछ्यानमा ढल्केर आफन्तसँग बोल्दाबोल्दै खोटाङको दिक्तेल नगरपालिका–५ का ३२ वर्षीय टिकाराम भनिने बिशाल राईको मृत्यु भएको हो ।
दिउँसोको खाना खाने समयमा मोबाईलमा कुरा गर्दागर्दै बिशालको मृत्यु भएको जानकारी आएको आफन्त सन्तोष राईले बताए ।
केही बेरअघिसम्म फोनमा कुरा गरिरहेका राई खाना तयार भएपछि बोलाउन जाँदा मृत अवस्थामा फेला परेको पारिवारिक श्रोतले जनाएको छ

गत वर्ष साउदी अरब पुगेका उनको मृत्युको कारण खुल्न सकेको छैन । रासस
dainiknepal

No comments:

Post a Comment