घर तथा अफिसको काम ले गर्दा हाम्रो स्वास्थ्यमा नकारात्मक असर पु¥याइरहेको हुन्छ । अस्वस्थ वातावरण, अस्वस्थ खानपान तथा बानी व्यहोराले व्यक्तिगत स्वास्थ्य बिगार्न अझै ठूलो भूमिका खेल्छन् । हाम्रो स्वास्थ्यमा नकारात्मक असर पूराउने केही कारण यस्ता छन् जो हामीले दिनहुँ गर्दछौँ । यी हुन् ५ गल्ती जो हामीले दिनहुँ दोहोराउँछौँ र यसले हाम्रो स्वास्थ्यमा नोक्सान पूराइरहेको हुन्छः
१, राति अवेर सुत्नु प्रायः हामी रातमा अवेरमात्र सुत्छौँ । कतिले कामका कारण छिटो ओछ्यानमा लड्न पाउँदैनन् भने कतिले खासै काम केही नभएपनि टिभी, कम्प्युटर तथा मोबाइलमै रात ढलुन्जेल बिताउँछन् । रात अबेर सुत्ने र बिहान छिटै उठ्ने गर्दा पर्याप्त निद्रा पुग्दैन । निद्रा नपुग्नाले खानपिनको आनीबानी बिग्रिनुका साथै स्मरण लगायतका स्वास्थ्य समस्या पनि आउँछन् । कम सुत्ने बानीले मानिसलाई बढि भोक लाग्ने र यसबाट मोटोपनाको समस्या पनि उत्पन्न हुने विज्ञहरु बताउँछन् ।
२, खाना खाने बित्तिकै ब्रस गर्ने- खाना खाएपछि दाँत माझ्नुपर्छ, हामी सबैलाई थाहा छ । तर खाना खाने बित्तिकै दाँत माझ्नु हुँदैन, केही समय पर्खिनुपर्छ । खाना खाने बित्तिकै दाँत माझ्नाले दाँतमा असर पुग्छ र दाँत खिइने तथा कमजोर हुने समस्या पैदा हुन्छ । खाना खाएको कम्तीमा ४० मिनेटपछि मात्र दाँत माझ्नु उपयुक्त हुने बताइन्छ ।
३, बारम्बार अनुहारमा हात लगाउने-धेरै मानिसको बानी नै हुन्छ अनुहारमा हात दलिरहने । कतिपयले अनुहार राम्रो देखाउनका लागि समेत हातले पुछिरहन्छन् । तर यसो गर्नु राम्रो होइन । यसरी बारम्बार अनुहारमा हात दल्नाले अनुहारको छालामा हातमा भएका जिवाणु सर्ने र त्यसले अनुहारको छाला संक्रमित हुने जोखिम बढि हुन्छ ।
४, सुत्नुभन्दा पहिले मोबाइल हेर्ने – सुत्नु भन्दा पहिले मोबाइल हेर्ने बानी पनि खराब हो । यसले निँद कम आउने तथा हृदयाघातको जोखिम पनि बढ्ने विज्ञहरु बताउँछन् । सुत्नुअघि फोन चलाउने काम गर्नुहुँदैन ।
Saturday, 7 May 2016
हाम्रो स्वस्थ्य विग्रर्ने ५ कारण थाहा छ तपाईलाई ?
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment