Thursday, 19 May 2016

सलमानले आफ्नो जन्मदिनको अवसरमा युलिया सँग बिबाह गर्दै

नायक सलमान खानको बिहेको समाचारले मिडियामा स्थान पाउनु नयाँ कुरो नभए पनि पछिल्लो पटक भने नायक खानले बर्ष २०१६ को अन्त्यसम्म बिहे गर्ने तयारीमा रहेको खबरले निकै चर्चा पाईरहेको छ । यसै समाचारका बिच अनलाईनहरुले लेखेका छन् कि, सलमानले आफ्नो जन्मदिनमा प्रेमिका लुलियासँग बिहे गर्दैछन् ।

समाचारलाई आधार मान्दा डिसेम्बर २७ मा ५१ औं जन्मदिन मनाउँदै गरेका सलमानले सोहि दिन बिहे गर्ने मनस्थिती बनाएका छन् । पछिल्ला केहि दिनयता सलमान र युुलिया सलमानको परिवारसँगै बसिरहेका छन् अनि, घुमघाममा पनि सक्रिय छन् ।

यसरी नै सलमान र प्रेमिका युलियाको निकता बढे सँगै उनिहरु नायिका प्रिटि जिन्टाको वेडिङ रिशेप्शनमा पनि सँगै जानुका साथै डान्स पनि निकै बेर सम्म गरेका थिए । त्यसै समयमा सलमानले आफ्ना केही साथीहरु सँग पनि युलियाको परिचय पनि गराए ।

सलमान र युलियाको यस्तै समाचार आइरहँदा युलियाको पहिले नै रोमनका एक मेघास्टार सँग बिहे भएको खुलासा पनि भयो । साथै उनिहरुको किसिङ केहि तस्विरहरु मिडियाहरुमा वाईरल समेत भएको थियो । तर यस समाचार खासै चर्चामा आउन सकेन ।
अब सलमानले आउँदो आफ्नो बर्थडेमा चाही युलियालाई बिहे गर्ने समाचारहरु चर्चामा आउन थालेका छन् । साथै सलमानका फ्यानहरु पनि एड्भान्स स्वरुप सलमानलाई बिबाहको शुभकामना समेत दिन थालेका छन् ।

बर्षभरि छरिने खान परिवारका सदस्यहरु सलमानको जन्मदिनमा हरेक बर्ष जम्मा हुने कारणलाई पनि उक्त मितिमा सलमानले बिहे गर्नसक्ने अनुमान लगाईएको छ । सलमानले आफ्नो जन्मदिनको अवसरमा बिहे गर्लान या नगर्लान् त्यो चाहि पछि नै थाहा हुने छ ।

No comments:

Post a Comment