काठमाडौं –’क्यान्सर जीवनको अन्त्य होइन्’, अभिनेत्री मनिषा कोइराला भन्दै थिइन्। राजधानीको याक एन्ड यती होटलमा मंगलबार नेपाली युवाको बाक्लै उपस्थितिबीच सेतो सुटमा देखिएकी अभिनेत्री कोइराला यसपटक नयाँ जोश र जाँगरले भरिएकी थिइन्।
‘अ फुलफिल्ड लाइफ’ नामक टक शोमा सहभागी हुन दुई दिनअघि राजधानी आएकी अभिनेत्री कोइराला जीवनमा आशावादी हुन प्रोत्साहित गरिरहेकी थिइन्। ‘जीवनमा मुख्य तीन कुराले सबैलाई प्रोत्साहित गरिरहेको हुन्छ,’ अभिनेत्री कोइरालाले भनिन्, ‘माया गर्ने आफन्त, समाजमा प्रतिष्ठा बढाउने करियर र स्वास्थ्य । मेरो जीवनमा यी तीनै कुरा एकसाथ बिग्रियो।’
बलिउडमा स्थापित अभिनेत्री भएर सक्रिय रहेकी कोइरालाले यस्तो भनिरहँदा उपस्थिति युवाहरु भावुक भएका थिए। हालसम्म बलिउडमा ७० भन्दाबढी सफल फिल्म दिइसकेकी अभिनेत्री कोइरालालाई जीवन प्रोत्साहन गर्ने तीन कुरा एकसाथ बिग्रिदाँ असफल भएको भान पाउन धेरै भयो लाग्यो। ‘सफलताको शिखरमा पुगेपछि एकैपटक जमिनमा खस्दा सबै कुरा नकारात्मक हुने रहेछन्। सबैको माया पाएकी पछि मेरो एक्काएक फ्ल्प फिल्म आउन थालेपछि दर्शकले रुचाउन छाडे,’ उनले भनिन्,’यो सबै मेरो अस्वस्थ जीवनशैली, गलत साथीसंगत, वैवाहिक सम्बन्धको अन्त र क्यान्सरबाट पीडित भए।’
क्यान्सर रोग लाग्दैमा जीवन अन्त हुन्छ भन्ने कुरा बुझ्न उनलाई धेरै समय लागेको अनुभव उनले सुनाइन्। आफू कतिसम्म बाँच्छु भन्ने गुनासो लिएर अस्पताल पुग्दा डाक्टरहरु मौन हुन्थे। उनले आफ्नो विगत खोल्दै भनिन्, ‘उपचारको क्रममा अस्पताल पुग्दा डाक्टरहरुलाई कतिसम्म बाँच्छु भनेर सोध्थे। डाक्टरहरुको मौनताले डर सृजना गरिदिएको थियो,’ उनले भनिन्, ‘त्यतिखेर मेरो बुझाई अनुसार क्यान्सर भनेको मेन्टल्ली डेथ थियो।’
क्यान्सर रोगले पीडितलाई मानसिक र शारीरिक रुपमा कमजोर बनाउने हुँदा दृढ आत्माबलले नँया जीवन पाएको उनी बताउँछिन्। क्यान्सर रोग लागेपछि जीवनलाई लिएर बल्ल उनी गम्भिर हुन सिकेकी थिइन्। ‘क्यान्सर लाग्यो भन्दैमा सबैको सातो जान्छ। लाग्छ, क्यान्सर भनेको मृत्यु हो। क्यान्सर एउटा रोगमात्र हो जसलाई जित्न दृढ आत्माबल, पारिवारिकको भावनात्मक प्रोत्साहन र उत्कृष्ट उपचार हुनुपर्छ,’ उनले सुनाईन्,’यत्ति मैले पूर्नजीवन पाए भने मैले के गर्नसक्छु भन्ने कुराबाट बिस्तारै प्रोत्साहन गर्न थाले । मानिस जन्मिएपछि मृत्यु निश्चित छ। अहिले मसँग निश्चित समय छ। त्यसैले मैले जीवनलाई सम्मान गर्न सिकिरहेको छु। परिवारसँग सकेसम्म समय बिताउने प्रयास गरिरहेको छु। मलाई साथ दिएका राम्रा साथीहरुसँगमात्र भेटघाट गर्छु। काम महत्वपूर्ण भएकाले फिल्म छनोटमा ध्यान दिन थालेकी छु कारण मलाई अभिनय एकदम मनपर्छ।’
गतवर्ष क्यान्सरको उपचार गराएर फर्किए लगत्तै अभिनेत्री कोइरालाले तामिल फिल्म ‘गेम’मा अभिनय गरेकी थिइन्। हाल सिमलामा भइरहेको ‘डियर माया’ फिल्मको सुटिङबाट उनी नेपाल आएकी हुन्। ‘हामी मानिसहरु बहुप्रतिभाशाली छौं। सबैको जीवनमा उताढचढाब हुन्छन्। उचारको क्रममा नियमित आइतबार मलाई भेट्न आउने डा. नमनिता नरुलाले पुर्नजीवन बाँच्न प्रोत्साहन गरेकी थिइन्,’उनीले सम्झन्छिन् ‘उनले जीवनलाई सकारात्मक रुपमा लिएर आशावादी हुन अभिप्रेरित गरिरहेकी हुन्थिन्।’
नेपालमा क्यान्सर रोगसम्बन्धी खासै अध्ययन र तथ्यांकहरु सार्वजनिक भइसकेका छैनन्। क्यान्सर रोग लागेर सही उपचार गराउन नसक्दा धेरै रोगीहरु मृत्युको मुखमा पुग्ने गरेका छन्। जीवनमा आफूले सकेसम्म अन्यलाई सहयोग गर्ने अठोटका साथ उनले नयाँ जीवनलाई स्वीकारेकी छिन्। ‘आशा भन्ने कुराले हरेकपटक सफलतातिर लाग्न प्रेरित गर्छ। क्यान्सरलाई जित्न सकिन्न भन्ने आशाले अहिलेको जीवन बाँचिरहेकी छु,’ उनी भन्छिन्, ‘विभिन्न च्यारिटीभन्दा मलाई स–साना कुरामा सहयोग गरिरहेका स्टार्फको तलबमा थोरै वृद्धि गरिदिनसक्नेपनि उनीहरु खुसी हुनसक्छन्।’
जनचेतनाको अभाव र कमजोर मानसिक सोचले क्यान्सर रोगीको मृत्यु निराखाजनक हुने उनले बताइन्। ‘क्यान्सर लाग्दैमा मान्छे मर्दैन। क्यान्सर भनेको मृत्युसँग लडेर र त्यसलाई जित्ने एउटा अवसर हो। त्यसको लागि धैर्यता, अठोट र साहस चाहिन्छ। क्यान्सर लाग्दैमा मरिहालिन्छ भन्ने हुन्न्। अधिकांशले क्यान्सरलाई जितेर पूर्नजीवन बाँचेका छन्। क्यान्सर रोगीलाई बिचरा होइन माया गर्न सक्नुपर्छ।’
सधैभरी जीवनलाई सफलतातर्फ डार्¥याउने भिजन लिएर अघि बढ्न उनले सबैलाई आग्रह समेत गरिन्। ‘जीवनमा सधैंभरी भिजन लिएर अघि बढ्न सिक्नुपर्छ। तपाईलाई मनपरेको कुरा गर्नुस्। तपाईले गरिरहेको कुरालाई माया गर्न सिक्नुस्। तपाईको सफलतामा सबैजना खुसी हुनसक्ने काम गर्नुस्।’नागरिक न्युजमा खबर छ
Tuesday, 3 May 2016
क्यान्सर जीवनको अन्त्य होइनः अभिनेत्री मनिषा
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment