१० जेठ, एजेन्सी ।
यदि तपाइँ आफ्नो ल्यापटप चार्जिङ गर्दै चलाउने बानी छ भने सावधान हुनुस् । भारतको राजधानी दिल्ली नजिकैको क्षेत्रमा एक युवकको ल्यापटप चार्जमा राखेर चलाउँदा करेन्ट लागेर निधन भएको छ ।
ल्यापटप चार्जिङ गरेर चलाइरहेका २३ वर्षीय ब्रजेश नामका ती युवकको निधन भएपछि ल्यापटप चार्जमा राखेर चलाउन हुने कि नहुने भन्ने बहस शुरु भएको छ ।
सामान्यतः ल्यापटप चार्जमा राखेर चलाउने गरिन्छ । प्लास्टिक बडी हुने ल्यापटपमा कुनै समस्या नभएपनि मेटल बडी हुने ल्यापटपमा भने यस्तो खतरा रहने बताइएको छ।nepaliheadlines
No comments:
Post a Comment