एजेन्सीः बलिउडका ५१ वर्षीय अभिनेता सलमान खानले विवाह गर्ने चर्चा चलेको छ । आमा सलमाको दबाबमा सलमान खानले यो वर्षको आखिरीमा विवाह गर्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । केही समय अघि आफूले जीवनभर विवाह नगर्न सक्ने बताएका भए पनि पछिल्लो चर्चापछि भने उनी केही बोलेका छैनन् । सलमानले विवाहको विषयमा नबोल्दा उनको विवाहको विषय गसिप बन्दै आएको छ ।
सलमानले असाहाय बालबालिकाको पालनपोषण गरेर समाजसेवा गर्ने तर विवाह नगर्ने बताएको विषयले केही समयअघि चर्चा पाएको थियो ।
उनले चर्चामा आउन कहिलेकाही चलचित्र निर्देशनमा भने नआउने समेत बताउने गरेका छन् । धेरैले सलमानले राजनीति गर्ने अनुमान गरेका भए पनि उनले राजनीतिमा भने नलाग्ने प्रष्ट पार्दै आएका छन् । चर्चामा आउनकै निम्ति सलमानले एकताका जुनसुकै समयमा आफू जेल जानसक्ने भएकाले बिहे नगरेको समेत बताएका थिए ।
Saturday, 7 May 2016
सलमान खानले अब गर्लफ्रेन्ड घुमाउन नपाउने
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment