बिगुल स्वास्थ्य, काठमाडौँ । प्राय गाँउघरे भाषामा बेलौती भनेर चिनिने पनि यहि चिज हो जसलाई अम्बाका नाउवाट पनि चिनिन्छ । शहरी क्षेत्रमा सिजनको बेला त सजिलै संग पाइन्छ तर बेसिजनका बेला पनि शहर बजारमा बेच्न राखेको पाईन्छ । अझ सदाबार रुपमा पाईने अम्बाको जुसको त कुरै छोडौँ ।
आउनुहोस के रहेछन् त अम्बा खानुका फाइदा यसवारे चर्चा गरौँ ।
रोगसंग लड्ने प्रतिरोधात्मक शक्ति बढाउछ
दिनमा दुइवटा मध्यम आकारका अम्बा खाने बानी गर्नाले यसले शरीरमा हुने भिटामिन सि को कमी हुनवाट बचाउछ । यो केवल स्वादका लागि मात्र नभएर रोगसंग लड्ने रोग प्रतिरोधात्मक शक्ति बढाउनका लागि एकदमै लाभदायक मानिन्छ । यसले मानिसलाई स्वस्थ राख्नुका साथै पाचन प्रणाली तथा यसमा आउन सक्ने समस्या समाधान गरि चुस्त राख्न मद्त गर्दछ ।
गर्भबतीका लागि अम्बा लाभदायक
अम्बामा भएका बिशेष तत्वले बच्चाको न्यूरोलोजिकल डिसअर्डर नियन्त्रणमा ल्याउनुको साथै फोलिक एसिड तथा भिटामिन बी ९९ का कारण अम्बा गर्भवती महिला हरुका लागि पनि अत्यन्तै लाभदायक मान्न सकिन्छ ।
आँखाको ज्योति बढाउछ
तपाईहरुलाई थाह नै छ होला, भिटामिन ए को कमीले आँखामा रतन्धो रोग लाग्दछ । तर अम्बाको सेवनमात्रले पनि तपाईको शरीरमा भिटामि ए को आपूर्ती सुरु गराउछ । अम्बामा भएका पोषक तत्वकै कारण आँखा सम्बन्धी रोग लाग्न सक्ने संभावना बाट बच्न सकिन्छ । गाजर जस्तै अम्बा पनि भिटामिन ए का लागि उत्तम श्राोत हो ।
सुगरका बिरामी हरुका लागि लाभदायक
सुगरका बिरामीहरुलाई अम्बा तथा अम्बाको जुस पनि लाभदायक नै मानिन्छ । अम्बामा फाइवर हुने भएकाले अम्बाको जुस पिउनाले चिनिरोग को स्तर नै कम हुने एक अध्ययनले देखाएको छ । चाइनिज मेडिसिनमा पनि अम्बालाई डायबिटीज अर्थात चिनिरोग नियन्त्रण गर्ने मानकका रुपमा मानिदै आएको छ
Friday, 20 May 2016
यस्ता छन् अम्बा खानुका फाइदा । कस्ता रोग ठिक पार्छ हेरौँ त एक पटक !!!
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment