Sunday, 29 May 2016

काँचो चना खानुको विभिन्न फाईदाहरु

हाम्रो समाजमा काँचो या भिजाएको चना शरीर सुगठित बनाउनको लागि खाने भन्ने प्रचलन छ । उसो त सगठित शरीर चाहनेहरुले बिहानको समय भिजाएको काँचो चना खाने गरेको देखेका छौँ । यद्यपी काँचो चना खानु सबैको लागि आवश्यक र फाईदाजनक पनि छ । कतिपय मानिसहरु काँचो चना खान मन पराउँदैनन् । काँचो चना खान मन नपराउनुको कारण स्वाद फरक भएर होला । तर काँचो चना खानुका फाईदै फाईदाहरु छन् । आज हामी काँचो चना खानाले हुने फाईदाहरुको चर्चा गर्नेछौँ ।
– काँचो चनाले हाम्रो पाचनप्रक्रियालाई बलियो बनाउने काम गर्दछ । यसले कब्जियतको समस्यालाई पनि निवारण गर्छ ।
– मधुमेह रोगीहरुका लागि पानीमा भिजाइएको काँचो चना खानु रामबाण नै मानिन्छ ।
– चना भिजाएको पानी पानीले नियमित रुपमा अनुहार धुने गरेमा अनुहार चम्किलो बनाउन सकिन्छ ।
– लगातार पिसाब आउने समस्या हुनेहरुले भुटेको चना खाँदा निकै फाईदा पुग्छ । चिनीसँग चना खान सकिन्छ । यसले पिसाबमा इन्फेक्सनको खतरा कम हुँदै जान्छ ।
– नियमित रुपमा चनाको पिठोको रोटी खाने गर्नाले पेट सफा हुन्छ ।
– पानीमा भिजाइएको चनामा मह मिसाएर खाँदा पत्थरीको समस्याबाट छुटकारा पाउन सकिन्छ ।
dcnepa

No comments:

Post a Comment