1. चुरोट पिउनु हुन्छ तर चुरोटको चोटको विषयमा जानकारी छैनभने आउनुहोस् हामी जानकारी गराउछौँ
2. चुरोट सेवन का कारण अधिकाम्सको अकालमै मृत्यु हुने गरेको छ ।
3. ढाड दुख्ने समस्या छ याद गर्नु यसको प्रमुख कारण चुरोट सेवन नै हुनसक्छ ।
4. अनुहार मा चाउरी पना र बुढोपन छिटो गराउँछ ।
5. प्रत्येक पाँच मिनेटमा एक जनाको चुरोट सेवनका कारण मृत्यु हुन्छ ।
6. चुरोट सेवन गर्ने मानिसमा छालाको समस्या हुन्छ । यिनीहरूको छाला पहेँलो, फुस्रो र खुम्चिएको हुन्छ । छालामा रगत नपुगेर यो तन्किने सम्भावना हुन्छ ।
7. चुरोट सेवनले शरीरमा भएको भिटामिन ‘सी’ ३० प्रतिशतले घटाउँछ ।
8. चुरोट सेवनले आन्द्रामा हानि गर्छ ।
9. निकोटिनले रगतमा कोलेस्ट्रोलको मात्रा बढाउँछ ।
10. चुरोट सेवनले दाँत र गिजा बिगार्नुका साथै मुखको अल्सर हुन्छ ।
11. चुरोट सेवन गर्नेहरूलाई डिमेन्सिया हुने सम्भावना दोब्बर हुन्छ ।
12. चुरोट सेवनले मोतिबिन्दु हुन सक्छ ।
13. सुर्तीमा ६ हजारजति केमिकल हुन्छन्, जसमा साइनाइड, बुटेन र कार्वनमोनोअक्साइड जस्ता हानिकारक केमिकल नि हुन्छन् ।
14. चुरोट सेवनले स्ट्रोक हुने सम्भावना ६ गुणा बढी हुन्छ ।
15. गर्भावस्थाका बेला चुरोट सेवनले बर्सेनी पाँच हजार भ्रुणको मृत्यु हुन्छ । कम तौल र वौद्धिक विकस नभएका बच्चाहरूको पनि जन्म हुन्छ ।
16. चुरोट सेवन गर्ने महिलामा महिनावारी छिटो रोकिने सम्भावना हुन्छ ।
17. शरीरको सबै भागमा चुरोटले असर गर्छ, जसमा मुटु र भास्कुलर सिस्टम पनि पर्छ ।
18. चुरोटले शरीरको रोगसँग लड्ने क्षमता पनि घटाउँछ ।
19. चुरोटले मधुमेहको सम्भावना बढाउँछ ।
20. चुरोट सेवनले व्यायम गर्ने क्षमतामा ह्रास ल्याउँछ ।
21. चुरोट सेवनले निमोनिया हुने सम्भावना बढाउँछ ।
22. चुरोट सेवन गर्ने ८७ प्रतिशत मानिसको मृत्यु फोक्सोको क्यान्सरका कारण हुन्छ ।
23. चुरोट सेवनले महिलामा बाँझोपनको समस्या दोब्बर हुन्छ ।
24. चुरोट सेवनले हड्डी कमजोर बनाउँछ ।
25. चुरोट सेवनले आर्थिक भार थप्छ ।
26. हेरोइन र रक्सीभन्दा पनि निकोटिनको लत कडा हुन्छ ।
27. चुरोट सेवनले बढी तनाब र ‘डिप्रेसन’ हुने सम्भावना बढाउँछ ।
28. शरीरमा भएको एन्टिअक्सिडेन्ट पनि चुरोट सेवनले घटाँउछ ।
29. चुरोट सेवनले उच्च रक्तचाप हुन्छ । जसले गर्दा स्ट्रोक र हृदयघातको सम्भावना बढी हुन्छ ।
30. चुरोट छोड्नाले दुईदेखि चार वर्ष्भित्र स्ट्रोक र हृदयघातको सम्भावना न्यून हुन्छ ।
31. चुरोटले लिङ्गको नशा कडा हुन्छ, उत्तेजना पनि कम हुन्छ ।
32. चुरोट सेवनले श्रवण श्क्तिमा असर गर्छ ।
33. चुरोट सेवनले मुख गन्हाउने र गिजाको रोग लाग्छ । दाँत नि छिटो झर्न सक्छ ।
34. बच्चालाई हुने क्यान्सरमा १५ प्रतिशत आमाले सेवन गरेको चुरोट नै मुख्य कारण हो ।
35. चुरोट सेवनले कोरोनरी मुटु रोग हुन्छ ।
36. चुरोट छोडेको १० वा १५ वर्ष्भित्र यसका कारण मृत्यु हुने सम्भावना पूरै घटेर जान्छ ।
37. चुरोट सेवनले थकान र टाउको दुखाइ बढ्छ ।
38. चुरोट सेवनले नै ८० प्रतिशत जति स्वासप्रस्वासको रोग हुन्छ ।
39. चुरोट सेवनले तपाईंको सुँघ्न सक्ने र चाख्ने शक्ति पनि ह्रास भएर जान्छ ।
40. चुरोट सेवनले मानिसको सातदेखि आठ वर्षजति आयु घटाउँछ ।
Wednesday, 11 May 2016
चुरोट पिउनु हुन्छ तर चुरोटको चोटको विषयमा जानकारी छैनभने आउनुहोस् हामी जानकारी गराउछौँ
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment