क्यामरुन भन्छन्- बुद्ध नेपालमै जन्मेका हुन्
काठमाडौं, ८ जेठ । आज २५६० औं बुद्ध जयन्ती । भगवान गौतम बुद्धको जन्मस्थल लुम्बनी, नेपाल र विश्वभर आज बुद्ध जयन्ती मनाइँदैछ । यसैक्रममा भगवान बुद्धबारे संयुक्त अधिराज्य बेलायतले बुद्ध जयन्तीको अवसर पारेर शुभकामना सन्देश पठाएको छ । बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुनले बुद्ध जयन्तीको अवसरमा नेपाली एवं विश्वभरका बौद्धमार्गीलाई शुभकामना दिएका हुन् । उनले आफ्नो शुभकामना सन्देशमा नेपाललाई बुद्धको जन्मभूमि भनेका छन् । क्यामरुनको शुभकामना सन्देशमा लेखिएको छ– ‘नेपाल–बेलायत मित्रताको २०० बर्ष पुगेकोमा खुसी लागेको छ ।
बुद्धको जन्मभूमि नेपाल र विश्वभरका बुद्ध धर्मावलम्बिहरूका लागि २५६०औं बुद्ध जयन्ती खास महत्वको चाँडपर्व हो । यस अवसरमा सबैलाई शुभकामना दिन चाहन्छु ।’ बुद्धको जन्मभूमि नेपालका जनताका लागि यो अझ विशेष महत्वपूर्ण भएको प्रधानमन्त्री क्यामरुनको सन्देश छ । भारतको झुट टिकेन यसैबीच विश्वकै शक्ति राष्ट्रहरु मध्येको एक बेलायतले बुद्ध आफ्नो देशमा जन्मेको दाबी गर्ने भारतको झुटको पर्दाफास गरिदिएको छ । उसले नेपाल बुद्धको जन्मभूमि भएको र पवित्र स्थल लुम्बिनी भएको उल्लेख गरेको छ । बेलायतले बुद्ध नेपालमा जन्मेको सत्य कुरालाई विश्वमाझ भनिदिएपछि बुद्ध भारतमा जन्मेको भनेर प्रचार गर्दै हिड्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको झुटको पर्दाफास भएको हो ।
आज परेको बुद्ध जयन्तीका अवसरमा यसपटक नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको छ । जसमा चीन, भुटान, श्रीलंका लगायतका देशका उच्च अधिकारीको सहभागिता छ । बुद्ध आफ्नो देशमा जन्मेको दाबी गर्ने भारतबाट भने उच्च पदाधिकारी कोही आएका छैनन् । बेलायती संसद भवन अगाडि पनि मनाइयो बुद्ध जयन्ती यसैबीच आजै लण्डनमा रहेको बेलायती संसद भवन अगाडि पनि बुद्ध जयन्ती मनाइएको खबर प्राप्त भएको छ । गैरआवासीय नेपालीहरुको पहलमा बुद्ध जन्मस्थानबारे भ्रम फैलिरहंदा त्यसको वास्तविकता विश्व समुदायसमक्ष दिन लण्डनमा कार्यक्रम गरिएको बताइएको छ ।दैनिक नेपालमा खबर छ ।
उक्त कार्यक्रममा बेलायतमा दर्जन बढी सांसद, बेलायतका स्थानीय नेताहरुको सहभागिता रहेको आयोजक मध्येका एक दीपक श्रेष्ठले जानकारी दिए ।
यस्तो छ बेलायती प्रधानमन्त्रीको शुभकामना सन्देशः
Saturday, 21 May 2016
खुसीको खबर बुद्ध जयन्तीकै दिन बेलायतबाट आयो बुद्धबारे नयाँ सन्देश, भारतको झुटको पर्दाफास भयो !
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment