Sunday, 22 May 2016

क्रिकेटको शहर धनगढीमा निर्माण तयारीमा रहेको फाप्ला क्रिकेट रंगशालाको आकर्षक प्रारम्भिक

धनगढी कैलाली, क्रिकेटको शहर धनगढीमा निर्माण तयारीमा रहेको फाप्ला क्रिकेट रंगशालाको आकर्षक प्रारम्भिक थ्री डी ढाँचा सार्वजनिक गरिएको छ । फाप्ला अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियान (ड्रीम फाप्ला) का संयोजक समेत रहेका सुवाश शाहीले सो थ्री डी नक्सा सार्वजनिक गर्दै सवैलाई सल्लाह सुझाव र सहयोगको अपेक्षा गरेका छन् ।
फेसबुक मार्फत फाप्ला रंगशालाको नक्सा सार्वजनिक गर्दै शाहीले भनेका छन्, ‘फाप्लाको माष्टर प्लान सार्वजनिक भएसँगै नेपाली क्रिकेटमा नयाँ क्रान्ती आउँने हामीलाई विश्वास छ, हामीले फाप्लालाई सरकार, स्थानीय जनता, निजी क्षेत्र तथा देश विदेशमा रहेका नेपालीहरुको सहभागितामा निर्माण गर्ने भनेका छौँ । त्यसैले यसले छिट्टै अन्तिम रुप लिनेमा हामी ढुक्क छौ र यो तयार नहुँदा सम्म हामी लागि रहने छौँ ।’ शाहीले सार्वजनिक गरेको माष्टर प्लानमा खेल मैदानसँगै प्लेयरका लागि जिमहाउँस, लकर, स्वीमिंग पुल तथा ट्रेनिंग हाउँसको व्यवस्था गरिएको छ । स्टेडियमको तिनतिर कुर्सी सहितको दर्शक बस्ने व्यवस्था मिलाईएको छ भने एकातिर घासेमैदान बनाईएको छ । स्टेडियमको क्षमता झण्डै ४० हजार दर्शकको हुने बताईएको छ । स्टेडियममा भिआईपी कक्ष, मिडिया कक्ष, खाना तथा नास्ताका स्टलहरु रहेका छन् । मोहना नदिको किनारामा रहेको फाप्ला परिसरलाई हराभरा बनाउँन एकातिर बन छ भने अर्कातिर नदिको सुन्दर दृश्य देख्न पाईन्छ ।

No comments:

Post a Comment