काठमाडौं, २४ बैशाख । आफूहरुको माग पूरा गराउन सरकार गम्भीर नभएको भन्दै आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका सांसदहरुले शुक्रबारको व्यवस्थापिका संसदको बैठक बहिस्कार गरेका छन् ।
बैठक सुरु हुनासाथ मोर्चाका सांसदहरुले सरकारले आफूहरुको माग सम्बोधन गर्न अग्रसर नभएकाले बैठक अगाडि बढ्न नसक्ने भन्दै बहिस्कार गरेका हुन् । संसद बैठक शुरू गर्नासाथ संघीय समाजवादी फोरम, तमलोपा, सदभावना लगायत मोर्चाका सांसदहरु उभिएर विरोध जनाएपछि सभामुख ओनसरी घर्तिमगरले मोर्चाका सांसदलाई बोल्न समय पनि उपलब्ध गराएकी थिइन ।
समय पाएपछि मोर्चा घटक संघीय समाजवादी फोरम नेपालका सांसद अशोक राईले आन्दोलनरत दलहरूले उठाएका जायज मागप्रति सरकार मौन रहेकाले संसदको कारबाहीमा सबै आन्दोलनरत दलहरूले बहिष्कार गरेको घोषणा गरे।
नयाँ संविधानप्रति असन्तुष्ट भई मोर्चाले संविधान पुनर्लेखन लगायतका माग गर्दै अहिले पनि आन्दोलनमा रहेको छ । संसदमा बोल्दै राईले आन्दोलनकारी माथि सरकारले गोली चलाएर ५८ जना मारेको तथा कयौं घाइते रहेका, झुठा मुद्दा लगाएर जेलमा राखेको आरोप लगाए । साथै वर्षायाम लाग्दा समेत सरकारले भूकम्प पीडितहरुको उचित व्यवस्था गर्न नसकेको भन्दै आक्रोश पोखे ।
No comments:
Post a Comment