काठमाडौँ । ट्राफिक नियम उल्लङ्घन गरेबापतको शुल्क बढेकै दिन काठमाडौँ उपत्यकामा ५३९ सवारी कारबाहीमा परेका छन् ।
मादक पदार्थ सेवन गरी सवारी चलाउने ७९, सवारी अवस्था ठिक नभएको १८, फुटपाथमा पार्किङ गरेका १३ तथा अन्य विविध शीर्षकमा सवारी कारबाहीमा परेका हुन् । सामान्य ट्राफिक नियम उल्लङ्घन गर्नेलाई ट्राफिक प्रहरीले रु २५ देखि रु २०० सम्म लिने गरेकोमा शनिबारदेखि बढाएर रु ५०० लिने गरेको छ ।
महाशाखाका सहप्रवक्ता राजेन्द्रप्रसाद भट्टले गत वर्ष असोज १४ गते ऐन संशोधनमा ट्राफिक नियम उल्लङ्घन गर्नेलाई शुल्क बढाउने निर्णय गरेअनुसार ट्राफिकले शुल्क बढाएर कारबाही गरेको बताउनुभयो । पहिलोपटक ट्राफिक नियम उल्लङ्घन गर्नेलाई रु ५००, दोस्रोपटक समाते रु एक हजार र तेस्रोपटक समातेमा रु एकहजार ५०० सम्म शुल्न लिने गरिएको छ ।
महाशाखाले ट्राफिक सङ्केत उल्लङ्घन, सवारी निषेध गरेको ठाउँमा पार्किङ, ध्वनी निषेध ठाउँमा बजाउनु, गलत ठाउँमा सवारी रोक्नु, अवस्था ठिक नभएको सवारी साधन चलाउनु, तीव्रगतिमा चलाउनु, राति बत्ती नबाली सवारी चलाउनु, नम्बर प्लेट नराखी चलाउनु तथा पेटी नबाँधी चलाउनेलाई बढी शुल्क लिने सूचना जारी गरेको थियो ।
जेठ १ गतेदेखि लागू हुने गरी ट्राफिक नियम उल्लङ्घन गर्नेलाई शुल्क बढाउन यही वैशाख १४ गते सूचना जारी गरेको थियो । रासस
Sunday, 15 May 2016
पहिलो दिनै अढाई लाखभन्दा बढी जरिवाना
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment