काठमाडौं–नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्ती मगरकी बहिनी १७ बर्षीया मनिषा घर्ती मगरको मृत्यु रहस्यमय भन्दै पोष्टमार्टमका लागि काठमाडौं ल्याउने तयारी गरिएको छ। पोष्टमार्टमका लागि भन्दै जिल्ला अस्पताल परासीमा पुर्यइएको शवको पोष्टमार्टम हुन सकेको छैन।
‘पोष्टमार्टमका लागि काठमाडौं लैजानेबारे छलफल भैरहेको छ,’ जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी राजेन्द्र चौधरीले भने ‘अहिले पोष्टमार्टम कहाँ गर्ने भन्नेमै छलफल गर्दैछौं।’ उनले मृत्यु रहस्यमय रहेको बताए।
घटनासँग जोडिएको शंकामा मनिषाका मिल्ने साथि आशिष चौधरी प्रहरी नियन्त्रणमा छन्।
‘मनिषाका साथिसँग सोधपुछ र बयान लिने काम भैरहेको छ,’ बर्दघाटस्थित घटनास्थलमा खटिएका एक प्रहरी अधिकारीले भने ‘छिमेकीहरु र प्रहरी नियन्त्रणमा रहेका मनिषाका साथिको कुरा बुझ्दा यो घटना थप रहस्यमय बनेको छ, अनुसन्धान पछि मात्रै यथार्थ भन्न सकिन्छ।’
प्रेम र अपराध
प्रारम्भिक अनुसन्धानले यो घटनामा प्रेम सम्बन्ध पछिको तनावले अपराधको बाटो समाएको देखिन्छ। मनिषा र आशिषबीच केहीबर्षयता नजिकको सम्बन्ध थियो। आशिष नवलपरासीकै तिलकपुर गाविस–४ का युवा हुन्। आशिष विमलका सहपाठी हुन्।
‘मनिषालाई अघिल्लो दिन फोनमा धम्की आएको र त्यसपछि अपराधतर्फ घटनाक्रमहरु आकर्षित भएका देखिन्छ,’ अनुसन्धानमा खटिएका ती अधिकारीले भने ‘सबै पक्षबाट अनुसन्धान अगाडि बढेको छ, यो घटनामा अन्य पात्रहरुको पनि संलग्नताबारे बुझ्ने काम भैरहेको छ।’ नागरिक दैनिकले खबर छापेको छ |
Thursday, 26 May 2016
यसकारण मनिषाको मृत्यु रहस्यमय, पोष्टमार्टम रोकियो,घटना थप रहस्यमय बन्यो
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment