बुधबार, १९ जेठ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिडियो र सहायक सिडियोको सरुवालाई लिएर गृहमन्त्री शक्ति बस्नेतको राजिनामा मागेका छन् । प्रधानमन्त्रीले दिएको सरुवा बदरको निर्देशन गृहमन्त्री बस्नेतले नमान्ने अडान राखेपछि प्रधानमन्त्रीले गृहमन्त्रीको राजीनामा मागेका हुन्।
प्रधानमन्त्रीले प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीसहित ५१ जनाको सरुवा गर्ने गृहको निर्णय बदर नगर्ने भए गृहमन्त्रीलाई तुरुन्त पदबाट राजिनामा दिन भनेका हुन्।
तर सरुवाको निर्णय विधिसम्मत रहेकाले गृहमन्त्रीले सिडियोहरुको सरुवासम्बन्धी निर्णय सच्चिन नसक्ने भन्दै प्रधानमन्त्रीलाई ठाडो जवाफ पठाएका छन्।
सतहमा सरकार परिवर्तनको कुरा चलिरहेका बेला प्रधानमन्त्री ओली र गृहमन्त्रीको यो विवादले सरकारको भविष्य र एमाले र माओवादी केन्द्रको गठबन्धन धरापमा पर्न सक्ने अनुमान गर्न थालिएको छ ।
nepalsandesh
Wednesday, 1 June 2016
प्रधानमन्त्रीले अचानक गृहमन्त्रीको राजीनामा मागेपछि, गृहमन्त्रीले दिए कडा जवाफ
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment