Sunday, 5 June 2016

चर्चित एसएसपी रमेश खरेल पुगे राष्ट्रसंघको उच्च पदमा, बढ्ने भो नेपालीको शान

चर्चित एसएसपी रमेश खरेल पुगे राष्ट्रसंघको उच्च पदमा, बढ्ने भो नेपालीको शान
चर्चित एसएसपी रमेश खरेल पुगे राष्ट्रसंघको उच्च पदमा, बढ्ने भो नेपालीको शान
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
काठमाडौं, २३ जेठ नेपाल प्रहरीका ‘हिरो’का चर्चित एसएसपी रमेश खरेल संयुक्त राष्ट्र संघको उच्च पदमा नियुक्त भएका छन् । संयुक्त राष्ट्र संघको शान्ति मिसनअन्र्तगत उनी अफ्रिकी मुलुक सुडानको डार्फरमा प्रोफेसनल(पि–४) तहमा नियुक्त भएका हुन् ।
ग्लोबल भ्याकेन्सीमा प्रतिस्पर्धा गरी उनले उक्त अवसर पाएका हुन् । शान्ति मिसनमा पि–४ उच्च तहको पद हो । जसमा नेपाल प्रहरीका थोरै अधिकारी मात्र सफल भएका छन् । अर्का एसएसपी पुष्कर कार्की पनि हाल सोही पदमा अर्काे अफ्रिका मुलुक लाइबेरियामा कार्यरत छन् ।
राष्ट्रसंघमा पि–४ तहमा काम गर्ने अधिकारीको तलब करिब २० लाख रुपैयाँ हुन्छ । खरेल १ वर्षका लागि उक्त पदमा नियुक्त भएका हुन् ।
शान्ति मिसनमा खटिनुअघि एसएसपी खरेलले एक अनलाइनमा दिएको अन्र्तवार्तामा आफु नेपाल प्रहरीको आईजीपी बनेर छाड्ने बताएका छन् । करिब तीन वर्षपछि खरेलकै ब्याचीमध्येबाट एक आईजीपी हुनेछन् । जसमा एसएसपी सर्वेन्द्र खनाल, एसएसपी पुष्कर कार्की, एसएसपी राजेन्द्रमान श्रेष्ठ समेत प्रतिस्पर्धी छन् ।

No comments:

Post a Comment