Tuesday, 7 June 2016

दिनमा एउटा स्याउ खाँदा अल्पायु मरणको खतरा ३५ प्रतिशतले घट्ने

दिनमा एउटा स्याउ खाँदा अल्पायु मरणको खतरा ३५ प्रतिशतले घट्ने
दिनमा एउटा स्याउ खाँदा अल्पायु मरणको खतरा ३५ प्रतिशतले घट्ने
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
इटिंग एन एप्पल अ डे, किप्स डक्टर्स अवे अर्थात् दिनमा एउटा स्याउ खानाले डाक्टरलाई टाढै राख्छ भन्ने उखानै छ ।

यसको अर्थ नियमित रुपमा स्याउ खानाले मानिस स्वस्थ बन्छ र उपचारको लागि अस्पताल वा डाक्टरकहाँ धाइरहने टण्टा कम हुन्छ । स्याउले केवल डाक्टरकहाँबाट टाढा राख्ने मात्र होइन मृत्युलाई पनि टाढा बनाउने तथ्य पछिल्लो अध्ययनबाट पुष्टि भएको छ ।
अध्ययन अनुसार दिनमा एउटा स्याउ खानाले मानिसको अल्पायु मरणको जोखिम ३५ प्रतिशतले कम हुन्छ ।शोधकर्ताहरुका अनुसार दिनमा एउटा सानो गेडा अर्थात् सय ग्राम स्याउ खाने महिलाहरुको औषत आयु स्याउ नखाने महिलाको भन्दा धेरै देखिएको छ ।

युनिभर्सिटी अफ वेस्टर्न अस्ट्रेलियाका शोधकर्ताहरुले ७० देखि ८५ वर्ष उमेर समूहका मानिसमा १५ वर्षसम्म अध्ययन गरी यस्तो निष्कर्ष निकालेका हुन् ।सहभागी गराइएका १४ सय ५६ जना मानिसलाई उनीहरुको खानेकुराको बारेमा प्रश्न सोधिएको थियो ता की उनीहरुको मरणशीलताका जोखिमलाई स्याउले कसरी प्रभावित गर्दछ भन्ने कुराको भेउ पाउन सकियोस् ।
शोधकर्ताहरुका अनुसार हामीले खाने विभिन्न फलफूलहरुले भिन्न भिन्न खाले स्वास्थ्य लाभ प्रदान गर्दछन् । तर स्याउले भने निकै उच्चस्तरको लाभ पूराउने गरको छ ।

खासगरी स्याउमा पाइने पर्याप्त फाइबर तथा फ्लाभोनोइड्स तत्वले मानिसमा कोशिकाहरुको क्षयिकरणलाई रोक्ने काम गर्दछ । स्याउ सँगै स्ट्रबेरी, आरु, गाजर लगायतमा पनि यो तत्व पाइन्छ ।
स्याउमा सबैभन्दा धेरै पाइने फ्लाभिनोइड्सले मानिसको रक्तकोशिकालाई खुम्चिनबाट जोगाउने र मुटु सम्बन्धी रोगको जोखिम कम गर्नुका साथै क्यान्सर लगायतका रोगको जोखिम पनि कम गर्ने शोधकर्ताहरुको भनाई छ ।

स्याउमा पाइने फाइबरले कोलस्ट्रोल तथा रक्तचाप घटाउन पनि सहयोग गर्दछ । साथै स्याउमा म्याग्नेसियम, पोटासियम तथा भिटामिन सी पनि पर्याप्त मात्रामा पाइन्छ ।

No comments:

Post a Comment