काठमाडौँ, २४ जेठ । पूर्वराजा वीरेन्द्र शाहसहित पूर्वराजपरिवारको सम्पत्ति छानबिन तथा संरक्षण गर्ने नेपाल ट्रष्टको अत्याधुनिक भवन निर्माण कार्य सुरु भएको छ ।
काठमाडौँको कमलादीमा रु तीन करोड १४ लाखको लागतमा साँढे चार तल्ले भवन निर्माण गर्न लागिएको ट्रष्टका सचिव भीमप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “अहिले दरबारमार्गमा एकतल्ले भवनमा बसेका छौँ, त्यसलाई भाडामा लगाउनका लागि कमलादीमा भवन निर्माण गर्न लागेका हौँ दुई वर्षभित्र निर्माण कार्य सम्पन्न हुन्छ ।”
उहाँले ट्रष्टको निजी सम्पत्तिलाई अधिकतम लगानी गरेर आएको आम्दानीलाई शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गरिने बताउनुभयो । दैनिक नेपालबाट
Monday, 6 June 2016
पूर्वराजा वीरेन्द्रको सम्पत्ति छानबिन गर्न तीन करोडको भवन
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment