संविधान सभाको घोषणा पाश्चात तरंगित नेपालको राजनीति हिजोआज सरकारको परिवर्तनलाई लिएर चर्को वहस भईरहेको छ । विपक्षी नेपाली कांग्रेसले विपक्षी पार्टीको धर्म नै सरकारको आलोचना र विस्थापित नै हो भनेर नारा र एजेण्डाविहीन आफ्नो कर्तुत पेश गरेको छ ।
विगतदेखि नै भारतको आर्शीवादमा रहेर सरकार संचालन गरिरहेको नेपालका राजनैतिक दल र नेताहरु केपी ओली सरकारको काम कर्तव्य र दुरदृष्टिको कारण संकटमा परिरहेको छ भन्ने कुराको भेउ सर्वसाधारण जनताले समेत पाएका छन ।
यहि परिवेशमा केहि दिन पहिला भएको सरकार परिवर्तनको भद्र सहमतिको रटानले मुलुक गर्मीरहेको छ ।
हिजो संविधान सभाको घोषणा पूर्व भएको भद्र सहमति नेकपा एमालेको नेतृत्वमा नेपाली कांग्रेस, एमाओवादी लगायतको दलको सहमतिमा सरकार वनाउने भद्र सहमति नेपाली कांग्रेसले तोडेको आरोप लगाएको नेपालका राजनैतिक दलहरु अहिले फेरि एमाओवादीसँग नौ वुँदेसँगै भएको भद्र सहमति नेकपा एमालेका अध्यक्ष केपी ओलीले तोडेको आरोप माओवादी केन्द्र मात्र नभै नेकपा एमालेका वरिष्ट नेता झलनाथ खनाल, पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल नै आफनो पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीले कार्यन्वयन गरि माओवादीलाई सरकार
सुम्पनुपर्ने भन्दै कुर्लिरहेको पाईन्छ । ओली त्यो भद्र सहमतिमा सहमति नभै नौ वुँदे सहमति भएको र त्यसलाई जसरी पनि कार्यन्वयन गर्न आफू तत्पर भएको जनाउदै आएका छन् ।
प्रधानमन्त्रीको कुर्सीमा वसेकै दिन २ वर्षभित्र तुईन विस्तापित गर्ने संकल्प वोकेका प्रधानमन्त्री ओलीको योजना कार्यन्वयनको चरणमा छ । धेरै ठाँउमा तुईन विस्तापित भईसकेको छ भने त्यो क्रम जारी छ । नेपाली राजनीतिमा स्पष्ट नेताको पगरी गुथेका ओली प्रधानमन्त्री भईसकेपछि आफ्नो जिम्मेवारी र कर्तव्य वहन गर्न ढृढ देखिन्छ । पार्टी अध्यक्ष हुने वेलामा आफनै समकक्षीबाट विरामीको संज्ञा पाएका ओली प्रधानमन्त्री वनिसकेपछि झन् चुस्त, फुर्तिलो र कर्मठ देखिन्छ । देशको जिम्मेवारी र कर्तव्यको त्यो पहाडलाई सामना गर्न उहँको ढृढ ईच्छाशक्ति नै वहाँको उपचार वनेको छ ।
प्रधानमन्त्री बनेदेखि नै घेरावन्दीमा रहेको प्रधानमन्त्री ओलीलाई नेकपा एमाले मात्र होइन, जनता, भारत, चीन लगायत अन्तर्राष्ट्रिय जगतले पनि नियालिरहेको छ । ओलीको अडान, देशप्रतिको माया, राष्ट्रियता, भारतिय विस्तारवादविरुद्ध लड्ने शैलीलाई आम नेपाली जनताले मन पराएको छ । सधै भारतनिर्भर वनेर सरकार चलाएको सन्दर्भमा भारतलाई नै चुनौती दिएर राष्ट्रलाई स्वतन्त्र, सार्वभौमसत्ता, र भौगोलिक अखण्डतामा वाध्न सकेको ओलीको सवैभन्दा महत्वपूर्ण पाटो हो । जसले गर्दा आम नेपाली जनताको शिर गर्विलो वनेको छ । प्रधानमन्त्रीको अडान, उहाँको दुरदुष्टि र गरे जे पनि सम्भव छ भन्ने भावनालाई साच्चै आमजनताले आत्मासात गरेको छ ।
मंगलग्रहमा वस्ती वस्न सम्भव भएको समयमा देशमा केहि काम गरौ भन्ने भावनाको विकास गर्नुलाई हल्का अभिव्यक्ति भएको भन्नु आफनो कमजोर वाहेक केहि हुन सक्दैन । आफू सरकारमा हुँदा देश र जनताको लागि केहि पनि नगर्नु, अनि सत्ता वाहिर रहँदा राष्ट्रियताको चर्को वकालत गर्नु र केवल विरोधका लागि विरोध गर्नु भनेको हतास मनस्थितिको उपज शिवाय केहि होइन । प्रष्ट भाषामा आफू प्रधानमन्त्री हुनैका लागि जन्मेको र प्रधानमन्त्री हुँदै मर्नका लागि नभएको चोटिलो जवाफ दिएका प्रधानमन्त्री ओली देशका निकासका लागि सत्ता तत्काल छाड्न तैयार भएको अभिव्यक्ति दिएर आफू पदलोलुपता नभएको प्रमाणित गरेका छन् । प्रधानमन्त्री भएदेखि नै लोकप्रिय भएका ओली हालै ल्याएको वजेटले झन् जनताको लोकप्रिय वनेका छन् ।
यो समयमा सम्पूर्ण जनताको माझमा ओली वस्न सफल भएका छन् । यो उनको उखान टुक्का र भाषणवाजीले मात्र नभै ओलीले जनताका लागि गरेको कामको कारणले सवैको प्रिय वनेका छन् । देशलाई नै निकास दिने, विकास गर्ने, राष्ट्रियताको रक्षा गर्ने, आफनो गाउँ आफै वनाउने सन्देश दिने ओली आफनो स्पष्ट दृष्टिकोण र त्यसको सफल कार्यन्वयको कारण नै लोकप्रिय वनेको कुरामा दुईमत पाउन सकिदैन ।
वृद्धवृद्धालाई गरेको सम्मान, देशमा औधोगिक करिडोर, ईन्धनको उत्खनन्, सौर्य उर्जामा जोड, विद्युतको आपूर्ति, आफ्नौ पानीजहाज, देशमा नै रोजगारीको सिर्जना, द्रुतगतिको रेलमार्ग, पूर्वपश्चिम जोड्ने हुलाकी राजमार्ग जस्ता महत्वकांक्षी योजना अघि सारेका ओली त्यसलाई कार्यन्वयन गर्न भरमग्दुर प्रयासरत देखिन्छ, । यद्यापि ओलीको योजनालाई हावादावी भन्नु वाहेक कसरी हावादारी रहेको छ भनेर वताउनु नसक्नु नेपाली कांग्रेस आफनो दृष्टिकोण दिनुभन्दा पनि ओलीको योजनालाई हावादारी भन्नमा व्यस्त रहेर आफ्नो लाचारी प्रकट गरेको पाईन्छ ।
नेपालको राजनैतिक दलहरु मिलेर घोषणा गरिएको संविधान सँगै विशेष गरि भारत चिढेको कुरामा कुनै शंका छैन । भारतले चर्को नाकावन्दी लगाईरहँदा पनि तत्कालीन समयमा सुशील कोइराला सरकारले भारतीय नाकावन्दी भन्न नसकेको सन्दर्भ, ओलीको चर्को अभिव्यक्तिले भारत झन् रुष्ट भएको थियो ।
कोइराला सरकारका मन्त्रीहरु चरम भारतीय नाकावन्दीले नेपाली जनताहरु आहत भईरहँदा, तत्कालीन मन्त्रीहरु विमलेन्द्र निधि, मिनेन्द्र रिजाल जस्ता भारतीय दलालहरु भारतीय नाकावन्दी नभई आफ्नै देशका कारणले भएको हो, भारतवाट त सहयोग भइरहेको छ भनेर निर्लज्जता प्रकट गरिरहँदा आम नेपाली जनताहरुले कसरी सोँचे होलान् भन्ने कुराको अनुमान लगाउन पनि सकिदैन ।
भारतको आर्शीवादमा नै प्रधानमन्त्री र मन्त्री वनिरहेको सन्दर्भमा नेपालको संविधानलाई जारी गर्न महत्वपूर्ण भूमिका खेलेका नेकपा एमालेका अध्यक्ष ओली, नयाँ संविधान जारी भएसँगै नयाँ संविधानको कार्यन्वयन स्वरुप भारतको विरोधका वावजुद नेपालको प्रधानमन्त्री वन्नु र त्यसपछि एकपछि अर्को गर्दे भारतको विस्तावाद, अधिनायकवादसँग जुझिरहनु भनेको कम चानचुने विषय होइन । ओलीको अडानका कारण भारत पनि झुकेर नाकावन्दी खोल्नु भनेको नेपालको जीत हो । जवसम्म भारतको नाकावन्दी खुल्दैन, तवसम्म भारत जादिन भनेर अडान लिएको ओलीे नाकावन्दी खुले पाश्चात मात्र भारतको भ्रमण गर्नु भनेको ओलीको मात्र नभै सम्पूर्ण नेपालीको जीत हो ।
त्यसमाथि पनि भारतको भ्रमणमा रहेर पनि भारतको भने अनुसारको शर्त, सम्झौतामा हस्ताक्षर नगरी स्वदेश फर्कनु भनेको भारतलाई अर्को ठूलो झट्का हो । आफनो देशलाई वन्धक राखेर गरिने सम्झौता राष्ट्रघात हो भन्ने वुझेका ओलीले भारतसँग संयुक्त विज्ञप्तिमा हस्ताक्षर नगरेर भारतलाई अर्को चुनौती दिए । जुन देश र जनताका लागि गर्वको विषय हो । भारत भ्रमण लगतै चीनको भ्रमण गरेर देशका लागि ईन्धन उत्खनन्, रेलमार्ग, पारवहन सम्झौता, पे्रट्रोलियम पदार्थको भण्डारण, लगायतका क्षेत्रमा मित्रराष्ट्र चीनसँग सम्झौता गरेर ओलीले भारतसँग सधै परनिर्भर रहनुपर्ने वाध्यताको अन्त्य गरेका छन् । जुन नेपालका लागि गौरवको विषय हो ।
चीन सँगको सम्झौता पाश्चात, नेपाल, सार्वभौमसत्ता, स्वतन्त्र राष्ट्र हो भन्ने कुराको तेजोवध गराएको छ । यो देशको उपलव्धी सँगै भारतको लागि अर्को ठूलो झट्का हो ।
देशले सपना देखेको सन्दर्भमा, सम्पूर्ण जनताले स्वाभिमानी नेपाली भएको गर्व गरेको वेलामा, राष्ट्र र अन्र्तराष्ट्रिय जगत समेत चकित परेको सन्दर्भमा आफनै पार्टी नेकपा एमालेका वरिष्ठ नेताहरुले नै ओली सरकारको विरुद्धमा भ्रम सिर्जना गर्नु भनेको आफनो भविश्व सिध्याउनु हो ।
संचारको यो युगमा अव नेपाली जनता कसैको पनि डर, धाक धम्कि र खोक्रो आश्वासनले, भ्रमले यथार्थता भन्दा वाहिर जान सक्दैन । आफु सत्ता र सरकारमा रहदाँ केहि पनि नगर्ने, अर्काले गरेको देख्न नसक्ने आरिशे प्रवृत्तिले आफनो करियर नै धुमिल वनाउदछ । नेपाल जनता हिजोको जस्तो कसैको कुरामा भर पर्ने नभई आफनो विश्लेशण आफै गर्न सक्ने भईसकेका छन् । यो वेलामा देश र जनताको लागि काम गर्नु पनि वेलामा आफनै सरकारको विरुद्धमा खनिदाँ वरिष्ट भनाउदाँ नेताहरुले भोली जाने वाटो पनि आजै तय गर्दा उपयुक्त हुन्छ कि ? नत्र भोली जाने वाटो नहुदाँ त्यो हतास मनस्थितीले जस्तो पनि परिमाण निम्ताउन सक्दछ ।
कांग्रेसको वहकाउमा परेर ओली सरकार ढाल्ने अवस्थामा पुगेको माओवादी यहि सरकारमा रहेर सच्चिने सुनौलो अवसर पनि हो यो । विगतको कमी कमजोरीलाई सुधारेर जनताको काम गर्ने यो अवसरलाई चुकाउने हो भने माओवादीको भोलिको हविगत के होला, प्रचण्डले गम्भिर भएर सोच्नु पर्दछ । देश र जनता नै हाँसेका सन्दर्भमा सरकार ढालेर केहि दिन र महिनाका लागि प्रधानमन्त्री वन्नु भनेको आफनो खुट्टामा आफै वन्चरो हान्नु हो ।
माओवादीले यो पनि वुझनु पर्दछ कि समयले सधै सवैलाई साथ दिनेछैन । विगतमा भएको कमि कमजोरीलाई सच्चाएर जनहितमा काम गर्नु नै अहिले देश र जनताका मात्र नभै स्वयं माओवादीका लागि पनि अवसर हो । काग्रेसको साथ लिएर प्रधानमन्त्री वन्दैमा देश र जनताका लागि काम गर्न सकिदैन भन्ने कुरा सोच्न अव माओवादीले ढिला गर्नु हुदैन । स्पष्ट दृष्टिकोण, दुरगामी सोच र नेपाली जनताले खोजेको ओली सरकारलाई साथ दिएर आफनो भूमिका प्रभावकारी वनाउनु नै माओवादी केन्द्रका लागि महत्वपूर्ण हुन आउछ ।
सरकार परिवर्तन गरेर देशमा परिवर्तन र विकास सम्भव हुने भए नेपाल धेरै पहिला नै विकाशोन्मुख देश वनिसक्थ्यो । आफनो यथार्थता वुझेर , आफनै योग्यता, क्षमतालाई हृदयंगम गरेर ओली सरकारलाई राष्ट्रिय सरकारको स्वरुप दिएर संविधानको कार्यन्वयन गरेर देशलाई निकास दिएमा नै जनताको मनमन्दिरमा वस्न सकिन्छ भन्ने कुरालाई अव सम्पुर्ण राजनैतिक दलले मनन गरेर देश निर्माणमा लाग्ने कि ?
dainiknepal
No comments:
Post a Comment