Wednesday, 1 June 2016

राजधानीमा समातियो चितुवा

 
काठमाडौँ महानगरपालिका–१४ स्थित कुलेश्वरमा क्षेत्रबहादुर श्रेष्ठको घरको कम्पाउन्डमा फेला परेको चुतुवालाई  नियन्त्रणमा लिइएको छ।
सुरक्षाकर्मी, वन विभाग तथा चिडियाखानाका कर्मचारीले चितुवालाई बुधबार बिहान लठ्याउने सुइ हानेर नियन्त्रणमा लिएका हुन्।
गौरीशङ्कर मार्गको नजिकै श्रेष्ठको निवासमा बिहान चितुवा पसेपछि उनले प्रहरीलाई खबर गरेको थिए। त्यसलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीसहितको टोलीले धेरै समय प्रयास गरेको थियो।
यसअघि पनि पटक पटक राजधानीका विभिन्न स्थानमा चितुवा भेटिने गरेको थियो ।

No comments:

Post a Comment