Tuesday, 19 April 2016

यी हुन् सशस्त्र प्रहरीका फरार पूर्वआईजीपीहरु

काठमाडौँ ७ बैशाख । धरौटीमा राखेर अनुसन्धान गरेका व्यक्तिलाई फरार अभियुक्त भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाउन थालेपछि विशेष अदालतका कर्मचारी हैरान हुन थालेका छन् । अख्तियारको यस्तो त्रुटीका कारढा मुद्दा प्रक्रिया निकै झन्टझिटो हुने र ओरोपीहरु चलखेल गर्ने गरेको विशेष अदालतले जनाएको छ ।

सशस्त्र प्रहरीको भ्रष्टाचार मुद्दामा सबै आरोपीहरु फरार छन् । अदालतका कर्मचारी आरोपीहरुको ठेगाना नभेटेर हैरान भएका हुन् । फरार भएका अभियुक्तहरु उपस्थित हुनका लागि अदमलतले समय दिने गरेको छ । त्यसका लागि उनीहरुलाई सूचना दिन नै अहिले अदालतलाई समस्या परेको छ ।

अख्तियारले मुद्दा दायर गरेको सशस्त्र प्रहरीका चारै जना पूर्वआईजीपी तथा अन्य अधिकारीहरु सबै फरार छन् । सामान ढुवानीको नक्कली बिल बनाएर वर्षौंदेखि संस्थागत भ्रष्टाचार गरेको खुलेपछि अख्तियारले एक बहालवाला र तीन पूर्वआईजीपीविरुद्व मुद्दा दायर गरेको थियो ।

बयानको क्रममा बोलाई उनीहरुलाई धरौटी लिएर आयोगले छाडिदिएको थियो । भाग्न सक्ने भएकाले त्यसरी बयानकै क्रममा धरौटी लिएपनि मुद्दा दायर गर्ने बेलामा भने आयोगले उनीहरुलाई फरार अभियुक्त बनाएको थियो । आजको दृष्टि साप्ताहकिमा खबर छ ।

No comments:

Post a Comment