Monday, 18 April 2016

फेसबुकमार्फत नेपालमै युवतीहरुले यस्तो समेत गर्न सक्दारहेछन्…!

पर्वत ६ वैशाख– आफुले मन पराएको युवकसंग अर्कै युवतीको निकटता देखेपछि त्यसलाई सहन नसकेर पर्वतकी एक युवतीले नक्कली फेसबुक आइडी खोली उनको चरित्रहत्या र बदनाम गरी युवकको दृष्टिबाट गिराउने प्रपन्च रचेको रहस्य सार्वजनिक भएको छ


जिल्ला प्रहरी कार्यालय पर्वतले नक्कली फेसबुक एकाउण्ट खोली सन्चालन गरी अर्काको चरित्र हत्या गरी बदनाम गर्दै आएकी ती युवतीलाई पक्राउ गरेको हो । पर्वत जिल्लाको खौलालाँकुरी १ बस्ने बर्ष १९ की शारदा कुँवरलाई प्रहरीले यहि बैशाख ३ गते पक्राउ गरेको थियो।

निजले करिब एकवर्ष अघिदेखी पर्वतकै पाङराङ ७ की वर्ष २० की कुसुम कुमारी (नाम परिवर्तित) को तस्वीर राखी सोनी काली सुशिला नामको नक्कली फेसबुक एकाउण्ट खोली पीडित कुसुमकुमारीको तस्वीरहरुलाई विभिन्न व्यक्तिहरुसंग जोडी नकारात्मक सन्देशका साथ विभिन्न व्यक्तिहरुसंग अश्लील च्याट गर्दै निजको बदनाम गर्दै आएको खुल्न आएको प्रहरीले जनाएको छ ।

पीडित कुसुम कुमारी (नाम परिवर्तित) ले गत चैत २८ गते जिल्ला प्रहरी कार्यालय कुश्मामा यस घटनाका बारेमा सत्यतथ्य खोजी नक्कली फेसबुक खोली सन्चालन गर्ने उपर आवश्यक कार्वाही गरी मलाई मानसिक एवं पारिवारिक तनावबाट मुक्त गराई पाउँ भनी दिएको उजुरी उपर अनुसन्धान गर्दा शारदा कुँवरले नक्कली फेसबुक खोली कुसुम कुमारी (नाम परिवर्तित) लाई चरित्र हत्या गरेको पुष्टी हुन आएको प्रनाउ गंगा पन्तले बताइन ।

घटनाको अनुसन्धानबाट निज शारदा कुवरले पर्वत जिल्लाको थापाठाना वस्ने सुवर्ण पौडेललाई विगत १ बर्ष देखी मन पराईराखेको र सुवर्ण र पीडित कुसुम कुमारी (नाम परिवर्तित) नजिकको साथि रहेको हुनाले आफुलाई ती दुई जनाको सम्वन्धलाई विगार्ने तथा वदलाको भावनाले उत्प्रेरित भई

निजहरुको सम्वन्धमा फाटो ल्याउने र कुसुम कुमारी (नाम परिवर्तित)लाई समाजमा हेर्ने दृष्टिमा नै वदनाम गराउने उदेश्यले यस्तो घृणित कार्य गरेको खुलेको प्रनाउ पन्तले जानकारी दिएकी छिन् । कुवँरलाई उनकै घरबाट जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक दिपक पातलीको नेतृत्वमा खटिएको अनुसन्धान टोलीले कुवँरलाई कुवँरकै घरबाट बैशाख ३ गते पक्राउ गरेको थियो ।

फेसवुक जस्तो सामाजिक संजालमा कसैको चरित्रसंग रहेर निजहरुको व्यक्तिगत, सामाजिक तथा पारिवारिक तनावका बीच रहन वाध्य वनाएको हँुदा निज शारदा कुँवरलाई थप अनुसन्धानको लागि विद्युतीय कारोवार संचालन अन्तर्गत केही सार्वजनिक अपराध मुद्दा दर्ता गरी आवश्यक थप अपराध अनुसन्धान कारवाही भई रहेकोपनि प्रहरीले जनाएको छ । –महेन्द्र केसी
kathmandutoday

No comments:

Post a Comment