काठमाडौं, २६ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा शक्ति सन्तुलन मिलाउन जोडघटाउ सुरु गरेका छन् ।
संसदीय दलको नेतामा निर्वाचित भइसकेपछि देउवाले अब पार्टीको पदाधिकारी मनोनितको तयारी थालेका हुन् ।
१३ औं महाधिवेशनमा आफूलाई सभापति बनाउन मैदानमै उत्रिएका प्रभावशाली नेता खुमबहादुर खड्का देउवाका लागि मुख्य चुनौति बनेका छन् । पदाधिकारी मनोनयनमा खड्कालाई उपसभापति दिने बचनबद्धता गरेपनि पछिल्लो समयका क्रियाकलापले देउवाले वास्ता नै गर्न छाडेका छन् ।
देउवाले नियुक्त गर्ने तीन पदाधिकारी उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा खड्काले आफ्नो दाबी पनि गर्दै आएका छन् । तर, पछिल्लो समय देउवाको ध्यान खुमबहादुरभन्दा बोलियो देखिएका कृष्णप्रसाद सिटौला समूहतिर मोडिएको छ ।
उनका लागि खड्का भन्दा सिटौलासंगको सहकार्य धेरै हिसाबले सुविधाजनक र स्वभाविक देखिने भएको छ । त्यसैले देउवाले अब सिटौलालाई पाखा लगाएर खड्कालाई मात्र काखा लगाउने सम्भावना छैन । साथै आफूसँग सधै नै सहकार्य गर्दै आएका विमलेन्द्र निधीलाई दिने जिम्मेवारी पनि खड्काको लागि टाउको दु:खाइ हुनेवाला छ ।
यसको अर्थ खड्कालाई नै कुनै शक्तिशाली पदिय जिम्मेवारी दिनबाट देउवा पछाडी हट्न सक्छन । बरु उनको सट्टामा केवी गुरुङलाई उपसभापति वा पुष्पा भुषाललाई सहमहामन्त्री बनाएर खड्काको मुख बुझो लगाउने र खड्काको समूहलाई भने संगसगै नै राख्ने संभावना बलियो देखिएको छ ।
यसो गर्दा खड्का देउवाको पदाधिकारी बन्ने छैनन् । उनका समूहका एक जनालाई पदाधिकारी बनाएर उनलाई पाखा लगाउने देउवाको प्लान रहेको उनी निकस्थ स्रोत बताउँछ ।
No comments:
Post a Comment