Friday, 8 April 2016

छोराको मृत्युपछि बुहारीको कन्यादान!

चैत २६
काठमाडौं – हाम्रो समाजमा बुहारीलाई दोस्रो दर्जाको मानिसको रुपमा हेरिन्छ । झन् छोराको निधनपछि त विधवा भएकी बुहारीलाई बसिखान दिँइदैंन् । कहिले अलच्छिनी त कहिले त लोग्ने टोकुवी जस्ता उपनाम पाइरहन्छन् नेपाली एकल महिलाले ।

समाजमा जति कठै र जति विचरा भनिएता पनि परिवारभित्र बुहारीले धेरै सकस खेप्नुपर्दछ । यति सम्म कि कति बुहारीहरुले त दाइजो नल्याएको र विधुवा बनेको बदलामा ज्यान नै गुमाउनु परेको छ । तर, सबै परिवार कहाँ त्यस्ता हुन्छन् र ? हाम्रै समाजमा पनि लक्ष्मीकी रुपमा भित्रिएकी बुहारी एकल भएपछि कन्यादान गरिएको छ ।

यस्तै कथावस्तुको सेरोफेरोमा सर्ट मूभि ‘कन्यादान’ तयार भएको छ । छोराको निधनपछि विधवा बुहारीलाई विवाह गरेर सासुससुराले कन्यादान गरेको घटनालाई प्रयोग गरेर तयार पारिएको सर्ट मूभि ‘कन्यादान’मा बुहारी सपना लामिछाने, छोरा दिनेस थापा, सासुससुरा युबराज खत्री र पार्वती कुमाल अनि विवाह गर्ने युवक अशोक सुनुवार र बैनी उषा बस्नेतले अभिनय गरेका छन् ।

शंकर अधिकारी घायलको लेखन र निर्देशनमा अशोक सुनारको छायांकन, युवराज खत्रीको सम्पादन रहेको बुहारीको ‘कन्यादान’लाई एनएचएस मिडियाले आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गरेको छ ।- Ratopati

No comments:

Post a Comment