काठमाडौं, ३० चैत । भ्रष्टाचारको आरोपमा निलम्बनमा परेका सशस्त्र प्रहरीका महानिरीक्षक कोषराज वन्तले आइतबारदेखि अवकाश पाएका छन् ।
उनको अवकाशसँगै सशस्त्र प्रहरीमा बढुवाको ढोका खुलेको छ । दृष्टि साप्ताहिकले समाचार छापेको छ । गृहमन्त्रालयले कामु सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राई कन्फर्म आईजीपी बनाउने प्रक्रिया सुरु गरिएको छ ।
सम्भवतः आगामी मन्त्रिपरिषदको बैठकबाट नै राई आईजीपीमा नियुक्त हुनेछन् । उनको नियुक्तिसँगै सशस्त्र प्रहरीमा एआईजीका दुई पद रिक्त हुनेछन् । गत माघ १ मा एआईजी जीवनकुमार थापाले अवकाश पाइसकेका छन् ।
ती दुई पदमा बढुवाका लागि डीआईजीहरू दौडधुपमा लागिसकेको छन् । बढुवाको प्रतिस्पर्धामा २ ब्याचका अधिकारीहरू छन् । बढुवाको पहिलो पंक्तिमा डीआईजीहरू कामु आईजीपी दुर्जकुमार राईकै ब्याची हुन् ।
बढुवा भए पनि १० महिनापछि पुनले अवकाश पाउनेछन् । खड्का भने अहिले एआईजी भएकोमा केही महिनाका लागि आईजीपी हुने सम्भावना रहन्छ । आगामी वर्ष ३ फागुनमा राईले अवकाश पाएपछि सिंहबहादुर श्रेष्ठको ब्याचबाट एक आईजीपी हुनेछन् ।
dainiknepal
No comments:
Post a Comment