सधैँभरि बालबालिकाको नाकबाट सिँगान बग्ने गरेको छ भने सचेत हुन चिकित्सकले सुझाव दिएका छन् ।
रुघाखोकी लागेको समयबाहेक सधैँभरी एकनासले नाकबाट सिँगान बग्ने गरेको छ भने त्यसले पछि मुटु र श्रवणशक्तिलाई समेत असर पार्नसक्छ ।
विद्यालय जाने उमेर समूहका बलबालिकामा एकनास नाकबाट सिँगान बग्ने विभिन्न कारणले हुनसक्छ त्यसलाई हेलचक्य्राइँ नगर्न चिकित्सकले सुझाएका छन् ।
वीर अस्पतालका नाक, कान, घाँटी विभागका कल्सल्टेन्ट इएनटी सर्जन डा दिपेन्द्र गौतमका अनुसार सधैँभरी नाकबाट सिँगान बग्दा मुटुसम्बन्धी समस्या देखिने सम्भावना धेरै हुन्छ ।
‘सधैँभरी सिँगान बग्दा त्यसले मुटु र फोक्सोलाई असर गरी मुटुले काम नगर्नेसम्म हुनसक्छ’, उनले भने, ‘साथै नाकको सम्बन्ध कानसँग पनि हुनेभएकाले त्यसले श्रवणशक्ति कम हुने, कान पाक्ने र पछि बहिरोपनसम्म हुने खतरा हुन्छ, त्यसकारण समयमै उपचार आवश्यक छ ।’
उनका अनुसार बालबालिकालाई चिसो भएमा, नाकमा सङ्क्रमण भएमा, नाक पछाडि ग्रन्थी बढेर एलर्जी, पिनास बारम्बार रुघा लाग्ने र नाकमा बाहिरी वस्तु अड्किएर पनि नाकमा निरन्तर सिँगान बग्ने समस्या देखिन्छ ।
‘बच्चाको नाकबाट एकनासले सिगाँन बग्ने धेरै कारण छन्,’ उनले भने, ‘सरसफाईका साथै समयमै उपचार नगर्ने हो भने त्यसले दीर्घकालिन जटिल समस्या ल्याउन सक्छ ।’
नाकमा मासु पलाए पनि सिँगान बग्ने समस्या देखिने उनको भनाइ छ । निरन्तर सिँगान बग्ने समस्या भएका बालबालिकालाई सास फेर्न गाह्रो हुने, नाक बन्द हुने, सुतेको बेला घुर्ने, निद्रा पूरा नहुने र सिँगानका कारण तिरस्कृत हुने जस्ता समस्या देखिने गर्छ ।
डा गौतमका अनुसार उमेर बढ्दै जाँदा कसैलाई यो समस्या निको हुँदै गए पनि धेरैलाई पछिसम्म असर पर्न सक्छ ।
यस्तो विद्यार्थीको अध्ययनमा समेत मन नलाग्ने, निन्द्रा पूरा नहुँदा विद्यालयमा निदाउने, दिउँसो निद्राका कारण दुर्घटनामा समेत पर्ने खतरा हुने डा गौतमको भनाइ छ ।
यस्ता बालबालिकामा अन्य रोगको सङ्क्रमण पनि छिटो हुने भएकाले आफ्नो दैनिक आचरणमा सुधार ल्याउनुपर्छ ।
प्रशस्त पानी पिउने, चिसो खानेकुरा नखाने, धुलो, धुँवा र भीडभाडबाट बचाउने, सागपात, फलफूल प्रशस्त खाने बानीको विकास गर्नुपर्ने चिकित्सको सुझाव छ ।
Sunday, 17 April 2016
निरन्तर नाकबाट सिँगान बग्यो ? – मुटुको ख्याल गर्नुहोस्
Labels:
International News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment