Sunday, 17 April 2016

सोमालियाको मिडियामा नेपालको खबर! आखिर के आयो?

बैशाख ०६
काठमाडौँ : निकै टाढाको देश भए पनि भ्रष्टाचार, गरिबी र कुशासनको उदाहरण दिन नेपालीहरुले सोमालियाको नाम उच्चारण गर्ने गर्छन्। सोमालियाले भने नेपाललाई कसरी हेर्दो हो?
शनिबार त्यहाँको एउटा अनलाइन मिडिया सोमालिल्यान्ड ले नेपालबारे खबर प्रकाशित गरेको छ। शीर्षक छ- भूकम्पको एक वर्षपछि ४ अर्ब अमेरिकी डलरको चन्दाका बावजुद नेपालमा खासै केही गरिएको छैन।
खासमा समाचार अल जजिराको १०१ इस्ट टिमले नेपाल आएर बनाएको रिपोर्टबारे हो। १०१ इस्टका रिपोर्टर चान टाउ चाउले भनेका छन्, अर्बौँ डलर सहयोग भए पनि एक वर्षमा थोरै प्रगतिमात्र भएको छ। केही दुर्गम क्षेत्रहरुमा त समय वैशाख १२ पछि रोकिएजस्तो छ।
'गाउँहरुमा भग्नावशेष अझै सफा भइसकेको छैन। पीडितहरु अझै टहरामा बसिरहेका छन्', समाचारमा उल्लेख छ।- पहिलोपोस्ट

No comments:

Post a Comment