काठमाडौं, २९ चैत । नेपाल सद्भावना पार्टीको युवा मञ्चका महासचिव रुपेश चौधरीले आफ्नो मातृ पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
उनले अनिलकुमार झा नेतृत्वका सद्भावना पार्टी छाडेर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालमा प्रवेश गरेको जनाएका छन् । झा आइतबार मात्रै जनकपुरको सम्मेलनबाट दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन भएका थिए ।
चौधरीले आज प्रेश विज्ञप्ति जारी गरेर नयाँ शक्ति नेपालमा प्रवेशको जनाएका हुन् । चौधरी दोस्रो संविधान सभा निर्वाचनमा नेपाल सद्भावना पार्टीका तर्फबाट महोत्तरी ३ बाट उम्मेदवार समेत बनेका थिए ।
नयाँ शक्ति नेपालका नेताद्वय रामकुमार शर्मा र निर्मल भट्टराईसँगको छलफल र साँठगाँठपछि चौधरीले झाको सद्भावना छाडेका हुन् ।
dainiknepal
No comments:
Post a Comment